मतगणनामा धाँधली भएको भन्दै नेकपा एमालेका पुष्कलबहादुर थापाले उच्च अदालत पोखरामा पुनः मतगणनाको माग गर्दै रिट दायर गरेका थिए।
कास्की– पोखरा महानगरपालिका वडा १८ मा गत वैशाख ३० गते वडाध्यक्ष पदका लागि भएको निर्वाचनको मतगणना फेरि हुने भएको छ। नेकपा एमालेका पुष्कलबहादुर थापाले दायर गरेको रिटमा मंगलबार उच्च अदालत पोखराले वडाध्यक्षको मतगणना बदर गर्दै पुनः मतगणना गर्न आदेश दिएको हो।
मतगणनामा धाँधली भएको भन्दै थापाले उच्च अदालतमा पुनः मतगणनाको माग गर्दै रिट दर्ता गराएका थिए। उच्च अदालतका कायममुकायम मुख्य न्यायाधीश डिल्लीराज आचार्यको इजलासले पहिले भएको मतगणनालाई बदर गर्दै पुनः मतगणना गर्न आदेश दिएको हो।
उच्च अदालत पोखराका सूचना अधिकारी उपरजिस्ट्रार विष्णुप्रसाद आचार्यका अनुसार वडा अध्यक्ष पदको पुनः मतगणना आउँदो वैशाख २० गते गर्न आदेश भएको छ।
वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका शिवप्रसाद तिमिल्सिनाले १ हजार ६४३ मत ल्याएर पोखरा १८ को वडाध्यक्ष पदमा विजयी भएका थिए। प्रत्याशी रिट निवेदक थापाले १ हजार ६४० मत ल्याएका थिए।
जम्मा तीन मतान्तरले निर्वाचनमा पराजित भएका थापाले पुनः मतगणनाका लागि त्यतिबेलै निर्वाचन समितिको कार्यालयमा पनि माग गरेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
