छिमेकी मुलुक भारतमा कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन एक्सबीबी १.१६ फैलिएकाले नेपालमा पनि संक्रमणको जोखिम बढिरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमण बढिरहेको जनाएको छ।
छिमेकी मुलुक भारतमा कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन एक्सबीबी १.१६ देखिएकाले नेपालमा पनि संक्रमणको जोखिम बढिरहेको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बताएका छन्।
संक्रमण बढिरहेकाले रोकथाम र नियन्त्रणका लागि सबै तह र तप्काबाट प्रभावकारी भूमिका निर्वाह गर्न उनले आग्रह गरेका छन्। रोकथाम र नियन्त्रणका लागि जनस्वास्थ्यका मापदण्डको पालना गर्न र गराउन सबै सरोकारवाला निकायलाई उनले विज्ञप्तिमार्फत आग्रह गरेका हुन्।
उनका अनुसार चैत महिनामा २४ वटा नमुना परीक्षण गरिएकामा सबैमा ओमिक्रोन भेरिएन्ट पुष्टि भएको छ। कोभिड–१९ मा हुने अणुवांशिक परिवर्तनको पहिचान राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको हो।
कोभिड–१९ महामारी अझ पनि पूर्ण रूपमा नियन्त्रणमा आइनसकेको र सोमबार ७६ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।
भारतसँगका नाकाहरूका 'हेल्थ डेस्क' स्थापना गरेर आवतजावत गर्नेहरूको कोभिड–१९ परीक्षण भइरहेको र संक्रमण पुष्टि भए नजिकको अस्पतालमा उपचार गर्ने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
