चिनी निर्यातमा भारतीय प्रतिबन्धले नेपालमा भने कुनै असर नगर्ने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ।
काठमाडौँ– भारतले चिनी निर्यातमा लगाएको प्रतिबन्ध थप एक वर्ष लम्बिएको छ। भारतले चिनी निर्यात गर्दै आएका मुलुकमा लगाएको प्रतिबन्ध सन् २०२३ अक्टोबरसम्म लम्ब्याएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सलाई उद्धृत गर्दै द इकोनोमिक टाइम्सले लेखेको छ।
भारत विश्वकै सबैभन्दा धेरै चिनी उत्पादन गर्ने मुलुकमा पर्छ। रूस-युक्रेन युद्धका कारण विश्वकै आपूर्ति शृंखला बिग्रिएको र आन्तरिक बजारमा चिनीको मूल्य अस्वभाविक वृद्धि भएको भन्दै भारतले जुन १ बाट चार महिनाका लागि चिनी निर्यातमा प्रतिबन्ध लगाएको थियो। सो प्रतिबन्ध थप एक वर्षसम्म कायम राख्ने निर्णय भएको भएको हो।
चिनी निर्यातमा भारतीय प्रतिबन्धले नेपालमा भने कुनै असर नगर्ने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ। भारतले ४ महिनाअघि नेपाल सहितका मुलुकमा प्रतिबन्ध लगाएकोमा कूटनीतिक तहबाट खुलाइएको मन्त्रालयको सहप्रवक्ता उर्मिला केसीले जानकारी दिइन्।
हाल निर्वाध रूपमा नै आयात भइरहेको उनको भनाइ छ। नेपालले भारतबाट वार्षिक करिब १ लाख ६० हजार मेट्रिक टन चिनी आयात गर्दै आएको भन्सार विभागको तथ्यांक छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
