सम्झौतासँगै चेन्चो लिगको छैटौँ चरणमा मछिन्द्रको जर्सीमा देखिने छन्।
काठमाडौँ– भुटानी फुटबल टोलीका कप्तान तथा फरवार्ड चेन्चो ग्याल्सेन शहीद स्मारक 'ए' डिभिजन लिगमा अनुबन्ध भएका छन्।
साबिक विजेता मछिन्द्र फुटबल क्लबले सोमबार चेन्चोलाई क्लबमा अनुबन्ध गरिएको जनाएको हो। मछिन्द्रका अध्यक्ष सुनिल कपाली र चेन्चोले अनुबन्धको सम्झौता पत्रमा हस्ताक्षर गरे।
सम्झौतासँगै चेन्चो लिगको छैटौँ चरणमा मछिन्द्रको जर्सीमा देखिने छन्।
प्रधानमन्त्री थ्री नेसन्स कपपछि उनी नेपालमै छन्। अनुबन्ध नहुँदै उनले मछिन्द्रबाट प्रशिक्षण शुरू गरिसकेका छन्। पाँच चरणको खेल सकिँदा मछिन्द्र अंक तालिकामा ११औँ स्थानमा छ।
चेन्चोले हालै भारतको आई लिग क्लब पन्जाब एफसीबाट खेलेका थिए। पन्जाब लिगको उपाधि जित्दै सुपर लिगमा उक्लिएको छ। उनले १२ खेलमा ३ गोल गरेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
