नेता भुसालले नेपाली जनताले ठूलो रगत र पसिना बगाएर ल्याएको संविधानको बर्खिलापमा ओली लागेको आरोप लगाए।
रूपन्देही– नेकपा (एमाले)का पूर्वउपमहासचिव घनश्याम भुसालले एमाले अध्यक्ष केपी ओलीसँग नैतिकता नै नभएको टिप्पणी गरेका छन्। नैतिकता भएको भए आफैँले विघटन गरेको संसद् पुनर्स्थापित भएपछि ओलीले प्रधानमन्त्रीबाट मात्र नभई सांसदबाटै राजीनामा दिनुपर्नेमा त्यसो नगरेको उनको भनाइ थियो।
"थोरै पनि नैतिकता भएको मान्छे हुन्थ्यो भने आफैँले विघटन गरेको संसद् पुनर्स्थापित भएपछि त उहाँ (केपी ओली)ले प्रधानमन्त्रीबाट होइन कि सांसदबाटै राजीनामा दिनु पर्दथ्यो। अहँ, दिनु भएन," आइतबार रूपन्देहीको तिलोत्तमा नगरपालिकामा आयोजित एक कार्यक्रममा उनले भने।
सत्तारूढ गठबन्धनको साथ लिएर रूपन्देही-१ का प्रतिनिधिसभाका लागि स्वतन्त्र उम्मेदवार बनेका भुसालले ओलीलाई जनताको अधिकार सुनिश्चित गरिएको संविधानलाई नै इन्कार गरेपछि आफूहरूले त्यसविरुद्ध आन्दोलन गर्नुपरेको जिकिर गरे।
"हाम्रो देशको मात्रै नभएर दक्षिण एशियाकै राम्रो संविधान, त्यस्तो संविधानमाथि नै उहाँले बर्खिलाप गरेपछि अब हाम्रो अगाडि कस्तो अप्ठ्यारो भयो भन्दाखेरि या केपीजी चुन्नुपर्ने भो या संविधान चुन्नुपर्ने भो। अनि, हामी सडकमा निक्लनुपर्ने अवस्था आयो," उनले भने।
नेता भुसालले नेपाली जनताले ठूलो रगत र पसिना बगाएर ल्याएको संविधानको बर्खिलापमा ओली लागेको आरोपसमेत लगाए। त्यसक्रममा उनले ओलीले संविधानलाई कागजको खोस्टोमा परिणत गराउने दुश्साहस गरेको जिकिरसमेत गरे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
