रास्वपा सभापति रवि लामिछानेले आफ्नो उम्मेदवारी भावी पुस्ताको भविष्य सुरक्षित गर्न, राजनीतिमा शुद्धता ल्याउन, नेपालमा नै रोजगारी सिर्जना गर्न रहेको बताए।
चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले चितवन–२ मा हुने उपनिर्वाचनका लागि मनोनयन दर्ता गराएका छन्। सोमबार सभापति लामिछानेले चितवन–२ स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर वैशाख १० गते हुने उपनिर्वाचनका लागि मनोनयन दर्ता गराएका हुन्।
सभापति लामिछाने गत मंसिर ४ गते भएको संसदीय निर्वाचनमा चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट नै विजयी भएका थिए। सर्वोच्च अदालतले उनले अमेरिकी नागरिकता त्यागेर नेपाली नागरिकता पुनः प्राप्ति गर्ने प्रक्रिया पूरा नगरेको ठहर गरेसँगै सांसद पद गुमेको थियो।
उनको पद गुमेर रिक्त रहेको चितवन–२ सहित राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएपछि तनहुँ–१ र उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्वाचित भएपछि बारा–२ मा रिक्त रहेको प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन हुन लागेको हो।
उम्मेदवारी दर्ता गराएपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उम्मेदवार लामिछानेले आफ्नो उम्मेदवारी भावी पुस्ताको भविष्य सुरक्षित गर्न, राजनीतिमा शुद्धता ल्याउन, नेपालमा नै रोजगारी सिर्जना गर्न रहेको बताए।
उनले आफूले यसपटक पनि जित्ने पूर्ण विश्वास रहेको सुनाए। तपाईंको कारणले दोस्रो पटक राज्यलाई निर्वाचन गराउँदा आर्थिक भार पर्यो नि भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले आफ्नो भागमा पर्ने भार आफूले बहन गर्न तयार रहेको बताए।
गत मंसिरमा भएको निर्वाचनमा लामिछानेले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठलाई ३४ हजार १६२ मतान्तरले पराजित गरेका थिए। लामिछानेले ४९ हजार २६१ मत, श्रेष्ठले १५ हजार ९९ मत र नेकपा एमालेका नेता कृष्णभक्त पोखरेलले १४ हजार ६४९ मत प्राप्त गरेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
