सोमबारको मौसम: पहाडी भेगमा वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सफा हुनेछ। दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षा हुनेछ।

काठमाडौँ- जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले देशका अधिकांश पहाडी भू–भागमा सोमबार वर्षा हुनसक्ने जनाएको छ।

महाशाखाका अनुसार पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सफा हुनेछ। दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षा हुनेछ। त्यस्तै, कर्णाली र सुदूरपश्चिमका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ। 

महाशाखाका अनुसार पश्चिमी वायुका कारण केही दिनदेखि नेपालमा वर्षा भइरहेको छ। प्रि–मनसुन चलिरहेकाले पनि थप केही दिन अपराह्नपछि मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ।