राष्ट्रपति पौडेल अस्पताल भर्ना

स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति रामचन्द्र पौडेललाई त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ। उनी चिकित्सकको निगरानीमा रहेको अस्पतालले जनाएको छ।

काठमाडौँ– स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना गरिएको छन्।

पेटमा समस्या देखिएपछि शनिबार साँझ उनलाई महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको हो। राष्ट्रपति पौडेल चिकित्सकको निगरानीमा रहेको अस्पतालले विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ। 

“सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू पेटमा समस्या भई उपचारार्थ त्रिवि शिक्षण अस्पताल महाराजगन्ज काठमाडौँमा २०७९/१२/१८ को साँझ भर्ना हुनुभएको छ। हाल उहाँ चिकित्सकको निगरानीमा हुनुहुन्छ,” विज्ञप्तिमा भनिएको छ।