मध्यअमेरिकामा शक्तिशाली आँधीका कारण कम्तिमा १० जनाको ज्यान गएको छ। मौसमविद्ले खतरा जारी रहने चेतावनी दिएका छन्।
अमेरिकाको दक्षिण र मध्यक्षेत्रमा शुक्रबार आएको शक्तिशाली आँधीमा परी कम्तीमा १० जनाको मृत्यु भएको छ भने कैयौँ घाइते भएका छन्। शक्तिशाली आँधीका कारण थुप्रै घर, सपिङ सेन्टरहरू तथा थिएटरहरू टुक्रा–टुक्रा भई भग्नावशेषमा परिणत भएका छन्। मौसमविद्ले खतरा जारी रहने चेतावनी दिएका छन्।
आपत्कालीन सेवाका अधिकारीहरूले शनिबार बिहान आँधी प्रभावित क्षेत्रको अवलोकन तथा निरीक्षण गरेका थिए। मृतकहरूमध्ये केही सानो शहर व्याने, अर्कान्सासका रहेको क्रस कन्ट्री कोरोनर इली लोकले स्थानीय सञ्चारमाध्यमलाई बताइन्। अन्य मृतक अलबामा, इलिनियोस्, इडियाना र लिटिल रक क्षेत्रका रहेको एपी न्यूजले जनाएको छ।
व्याने सिटी काउन्सिल सदस्य लिसा पावेल कार्टरले शहरमा विद्युत् आपूर्ति ठप्प भएको बताइन्। उनका अनुसार सडकमा भवनका भग्नावशेषहरू छरिएका छन्। "म घर जाने कोशिश गरिरहेकी छु, तर हामी घर जान सकिरहेकी छैन" उनले भनिन्, "त्यहाँ घरहरू भत्किएका छन्, सडकमा रूखहरू ढलेका छन्।”
इन्डियानाको सुलिभान काउन्टीमा पनि आँधीका कारण तीन जनाको ज्यान गएको आपत्कालीन व्यवस्थापन निर्देशक जिम पिर्टलले बताए। उनका अनुसार अझै केही व्यक्तिहरू हराइरहेका छन्।
पुलास्की काउन्टीका प्रतिनिधि मेडलिन रोबर्ट्सका अनुसार यस क्षेत्रमा कम्तिमा ५० जना घाइतेलाई अस्पताल भर्ना गरिएको छ ।
अर्कान्ससका गभर्नर साराह हकाबी स्यान्डर्सले आपत्कालीन अवस्थाको घोषणा गर्दै राज्यको नेशनल गार्डलाई तम्तयार रहन निर्देशन दिएका छन्।
आँधीको असरले गर्दा शुक्रबार राति राज्यभर ७४ हजारभन्दा बढी उपभोक्ता बिजुलीविहीन बनेका थिए। मिसिसिपीमा आएको शक्तिशाली आँधीले कम्तिमा २६ जनाको ज्यान लिएको एक सातापछि यस क्षेत्रमा गम्भीर असर गरेको हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
