पशुपति क्षेत्र परिसरमा सफाइ गर्ने क्रममा आफूलाई त्यहाँ रहेका मानिसले पशुपति क्षेत्र विकास कोष जताबाट कमिसन आउँछ, त्यतै लाग्ने गरेको बताएको पर्यटनमन्त्री किराँतीको भनाइ छ।
काठमाडौँ– पर्यटनमन्त्री सुदन किराँतीले पशुपति क्षेत्र विकास कोषका पदाधिकारी कमिसनको खेलमा मात्रै लाग्ने गरेको बताएका छन्।
शनिबार नेपाल पर्यटन बोर्डले आयोजना गरेको कार्यक्रममा मन्त्री किराँतीले कोषका पदाधिकारीलाई कताबाट कमिसन आउँछ भन्ने मात्र ध्यान रहेको बताएका हुन्।
पशुपति क्षेत्रको फोहोर देखेर आफू लज्जित भएको उनको भनाइ थियो। पशुपति क्षेत्र परिसरमा सफाइ गर्ने क्रममा आफूलाई त्यहाँ रहेका मानिसले पशुपति क्षेत्र विकास कोष जताबाट कमिसन आउँछ, त्यतै लाग्ने गरेको बताएको उनले सुनाए।
“फोहोर देखेर म आफैँ पनि साह्रै लज्जित भएर फर्केको छु। विकास कोषका साथीहरू कहाँबाट कमिसन आउँछ। खाली त्यतै मात्रै लाग्ने,” उनले भने, “धेरै मानिसले आज मलाई शौचालय कता कता छ भनेर सोधे पशुपतिनाथमा। म आफैँ पनि खोजी हिँड्दै थिएँ। धेरै गाह्रो छ।”
पर्यटनको पहिलो आधार सरसफाइ भएकाले आफू पनि पशुपतिनाथ क्षेत्रको सफाइमा गएको तर सुधार्न धेरै गाह्रो रहेको मन्त्री किराँतीले बताए।
उनले पशुपतिमा बिहान ‘मर्निङ वाक’मा आउनेले समेत फोहोर फ्याँकेर जाने गरेकाले सफाइका लागि सबै सुध्रनुपर्ने बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
