थ्री नेसन्स् कप फाइनल : पहिलो हाफमा नेपाल र लाओसको बराबरी

थ्री नेसन्स् कपको फाइनल खेलको पहिलो हाफमा नेपाल र लाओसले बराबरी खेलेका छन्।

फाइल फोटो

काठमाडौँ– प्रधानमन्त्री थ्री नेसन्स् कपको फाइनल खेलको पहिलो हाफमा नेपाल र लाओसले बराबरी खेलेका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा दुवै टोलीले १-१ गोलको बराबरी खेलका हुन्।

खेलको १३औँ मिनेटमा पाहुना टोलीले अग्रता लिएको थियो। उसका फौथाभोङ साङभिलेले गोल गरे। उनले बोनपाचन बोनकोङकोको पासमा नेपाली डिफेन्डरहरू बिट भइसकेको अवस्थामा हाफ भली प्रहार गर्दै गोल गरे।

तर, २४ औँ मिनेटमा नेपालले बराबरी गोल फर्कायो। एरिक विष्टले दिएको लामो पासमा बक्स भित्रबाट आयुश घलानको गोल गरे। नेपाल र लाओससहित प्रतियोगितामा भुटानको सहभागिता थियो। अंक तालिकामा नेपाल शीर्ष र लाओस दोस्रो हुँदै फाइनलमा पुगेका हुन्।

नेपालले पहिलो खेलमा लाओसलाई २-० ले पराजित गरेको थियो। भुटानसँग १-१ को बराबरी खेलेको थियो। लाओसले आफ्नो दोस्रो खेलमा भुटानलाई २-१ ले पराजित गरेको थियो।