रोजगारीका अवसर नहुनु, कृषि पेसाले मात्रै गुजारा नचल्नु, शिक्षा र स्वास्थ्यको राम्रो प्रबन्ध नहुनुलगायत कारणले जनसंख्या घट्दो क्रममा रहेको बागलुङको जैमिनी नगरपालिकाले जनाएको छ।
बलेवा– बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेराको टुनिबोट गाउँमा दुई वर्षअघि ४५ घरपरिवारको बसोबास थियो।
बसाइँसराइका कारण उक्त गाउँ नै रित्तिएको छ। सोही वर्ष जैमिनी–९ पैञ्युथन्थापको पिप्लेगाउँमा पहिरो गयो। मानवीय क्षति नभए पनि अधिकांश घरको उठिबास लाग्यो। पहिरोका कारण गाउँले विस्थापित बने।
जैमिनीकै दमेक, जैदी र बिनामारेमा पहिरोले धेरै धनजनको क्षति भयो। बाढीपहिरो, बाँदर र विकासका पूर्वाधार नहुँदा यहाँ बसाइँसराइको लहर चलेको छ। प्राकृतिक प्रकोपका कारण भइरहेको बसाइँसराइको एउटा ज्वलन्त उदाहरण हो जैमिनीको जनसङ्ख्यामा आएको गिरावट। राष्ट्रिय जनगणना २०७८ अनुसार जैमिनीमा दुई दशमलव ५३ प्रतिशत जनसंख्या ऋणात्मक छ।
२०६८ सालको जनगणनामा यहाँको जनसंख्या ३२ हजार ४६ रहेकामा १० वर्षपछि २४ हजार ६२८ मा झरेको छ। जैमिनीको कुश्मीशेरास्थित शान्ति माध्यमिक विद्यालयमा २०६४ सालमा एसएलसी दिएका १०० बढी विद्यार्थीमध्ये अधिकांशले कक्षा १२ उत्तीर्ण गरेपछि गाउँ छाडेको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले बताए।
शान्ति माविमा जैमिनीका अधिकांश विद्यार्थी अध्ययन गर्थे। उच्च शिक्षाका लागि घर छाडेर हिँडेकामध्ये अधिकांश गाउँ फर्किएनन्। युरोप, अमेरिका र देशकै ठूला शहरमा पुगेकाहरू उतै बसेका उनले बताए। रोजगारीका अवसर गाउँमा नहुनु, कृषि पेसाले मात्रै गुजारा नचल्नुलगायत कारणले नगरको जनसंख्या घट्दो छ।
“जनसंख्या धेरै घटेको पाइएको छ,” उपप्रमुख शर्मा भन्छन्, “देश बाहिरभन्दा देशभित्रै बसाइँ सरेर जाने धेरै छन्।” जैमिनीका स्वास्थ्य शाखा प्रमुख गोविन्द आचार्य बसाइँसराइसँगै पालिकाको जन्मदर पनि घटिरहेको बताए। जैमिनीमा एक प्रतिशतभन्दा कम जन्मदर रहेको उनको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
