चर्च ब्वाइजले फाइनल प्रवेशका लागि बिहीबार न्युरोड टिम एनआरटीको सामना गर्नेछ।
काठमाडौँ– चर्च ब्वाइज युनाइटेड १३औँ जीतपुर सिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।
मंगलबार भएको क्वार्टरफाइनलमा चर्च ब्वाइजले एपीएफ क्लबलाई २–१ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो।
सिमरा रंशालामा एपीएफका सन्तोष श्रेष्ठले २३औँ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए पनि त्यसलाई जोगाउन सकेन।
चर्च ब्वाइजका सन्तोष न्यौपानेले ३१औँ मिन्टमा गोल गर्दै खेल बराबरीमा ल्याए। रञ्जित पाण्डेले ४३औँ मिनेटमा गोल गरेपछि चर्च ब्वाइजले अग्रता लिएको थियो।
उसले फाइनल प्रवेशका लागि बिहीबार न्युरोड टिम एनआरटीको सामना गर्नेछ। बुधबार हुने पहिलो सेमिफाइनलमा मकवानपुर ११ र हिमालयन शेर्पा भिड्दै छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
