मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भुटानले नेपालविरुद्ध ऐतिहासिक बराबरी खेलेको छ। भुटानविरुद्ध अहिलेसम्म १३ खेल खेलिसकेको नेपालले १२ खेलमा जित हात पारेको थियो।
काठमाडौँ– भुटानले प्रधानमन्त्री थ्री नेसन्स् फुटबल प्रतियोगितामा घरेलु टोली नेपालविरुद्ध ऐतिहासिक बराबरी खेलेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा भुटानले नेपाललाई पहिलोपटक १-१ गोलमा रोकेको हो। भुटानका लागि तेन्जिङ नोर्वुले गोल गरे। नेपालका लागि दीपकराज सिंहले बराबरी गोल फर्काए।
१९औँ मिनेट भुटानले खेलमा अग्रता लियो। दावा छिरिङले प्रहार गरेको कर्नर बललाई अनमार्कमा रहेका तेन्जिङ नोर्वुले हेडरमार्फत् जाली चुमाउँदा नेपालका गोलरक्षक किरण चेम्जोङले पत्तै पाएनन्।
२९औँ मिनेट पूजन उपरकोटीले भुटानी पोस्टमा प्रहार गर्ने मौका पाएका थिए। तर, सेन्ट्रल साइकलबाट अलिकति अगाडि बढेर प्रहार गरेको बल आकासिएको थियो।
त्यसलगत्तै भुटानले अर्को मुभ बनाउँदै गोलको अवसर सिर्जना गरेको थियो। निमा वाङ्गडीले प्रहार गरेको बल नेपालका डिफेन्डर विकास खवासलाई लाग्दै गोल लाइन नजिक पुगेको थियो। तर, किरणले उक्त बल सहजै नियन्त्रणमा लिए।

३७औँ मिनेट नेपाली डिफेन्डर विकास खवासले गरेको लामो थ्रीलाई भुटानका दुई डिफेन्डरले मुस्किलले हेडर गर्दै क्लियर गरे।
४५औँ मिनेट मिनेटमा नवीन लामाले प्रहार गरेको कर्नर बललाई पुजन उपरकोटीले दोस्रो बारतर्फ हेडर गर्दै भुटानको गोल लाइन नजिक पुर्याएका थिए। तर, गोल लाइनमा रहेका सनिस श्रेष्ठले हेडर गरे पनि आकासिएको थियो।
दोस्रो हाफको शुरूआतमै नेपालले बराबरी गोल फर्काउने मौका पाएको थियो। मध्य भागबाट आएको बललाई मनिष डाँगीले भुटानका डिफेन्डर फुन्टोस जिग्मेलाई बिट गर्दै एअर पास दिएका थिए। उक्त बललाई अगाडि बढेर अञ्जन विष्टले हेडर गरेका थिए। तर, भुटानका गोलरक्षक छिरिङ डेन्डुबले बचाए।
बल बचाउने क्रममा अञ्जन डेन्डुबसँग ठोकिन पुगेका थिए। उनी खेल्न नसक्ने भएपछि स्ट्रेचरमा राखेर मैदान बाहिर निकालिएको थियो। उनको स्थानमा दीपकराज ठकुरी मैदान प्रवेश गरे।
त्यसअघि नवयुग श्रेष्ठको स्थानमा मनिष मैदान प्रवेश गरेका थिए। ५६औँ मिनेटमा दावा छिरिङले प्रहार गरेको कर्नर बललाई मनिषले हेडर गर्दै बाहिर पठाएका थिए। त्यसपछि पुनः दावाले कर्नरमार्फत दोस्रो बारमा दिएको बललाई यशी डोर्जीले हेडर गरेका थिए। तर, उक्त बल फ्रेममा पर्न सकेन।

६४औँ मिनेटमा दावाले प्रहार गरेको कर्नर बल हुलमलबाट हेडर भएर जिग्मेसम्म पुगेको थियो। उनले प्रहार गरेको बललाई किरणले सहजै बचाए।
६९औँ मिनेट शनिस र नवीन लामाले उत्कृष्ट मुभ बनाएका थिए। तर, सनिशले दाया साइडबाट प्रहार गरेको बललाई डिबक्सको मध्यभागका रहेका मनिषले हेडर गर्न सकेनन्। उक्त बल मनिषको अगाडि पुग्नुअघि नै दावाले बचाए।
७०औँ मिनेट दीपकले अर्को मौका खेर फ्याँके। सनिशले मैदानको मध्यभाग नजिकबाट दिएको लामो पासलाई दीपकले नियन्त्रणमा लिएका थिए। तर, डिबक्स भित्रबाट पहिलो बारमा उनले प्रहार गरेको बल फ्रेममा पार्न सकेनन्।
७७औँ मिनेट भुटानका डिफेन्डर दावाले डिबक्सभित्र खुस्काएको बललाई मनिषले दोस्रो बारतर्फ प्रहार गरेका थिए। तर, उक्त बल गोल लाइन हुँदै बाहिरियो।
८१औँ मिनेट मिडफिल्डर एरिक विष्टको स्थानमा भरत खवास मैदान प्रवेश गरे। त्यसअघि डिफेन्डर नवीन लामाको स्थानमा बमल थापा पनि मैदान प्रवेश गरेका थिए।

खेलको निर्धारित समय सकिन केही सेकेन्ड बाँकी रहँदा नेपाल खेलमा फर्कियो। निशन खड्काले प्रहार गरेको कर्नर बललाई डिबक्सभित्र रहेका अनन्त तामाङले हेडर गरेका थिए। गोलरक्षक डेन्डुब बिट भइसकेको अवस्थामा दीपकले गोल गर्दै खेल बराबरीमा ल्याए। थप गरिएको अन्तिम समयमा दीपकले नेपाललाई जित दिलाउने अवसर गुमाए। मनिषले दिएको बललाई डिबक्स भित्रबाट उनले गरेको प्रहार बाहिरियो।
नेपालले भुटानविरुद्ध हालसम १३ पटक खेलिसकेको छ। नेपालले भुटानविरुद्ध १२ खेलमा जित हात पारेको छ। यो पहिलो बराबरी हो।
सिंगल राउन्ड रोबिनको आधारमा हुने प्रतियोगिता शीर्ष दुई टोलीले उपाधिका लागि चैत १७ गते खेल्ने छन्।
नेपालले २ खेलमा ४ अंक जोडेर फाइनलमा स्थान बनाएको छ। लाओसको ३ अंक रहेको छ। भुटानले १ अंक जोड्न सकेको छैन। अब उपाधिका लागि चैत १७ गते नेपालले लाओससँग खेल्ने छ
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
