थ्री नेसन्स् कप फुटबल प्रतियोगिताअन्तर्गत दोस्रो खेलको पहिलो हाफमा भुटानले घरेलु टोली नेपालविरुद्ध अग्रता लिएको छ।
काठमाडौँ– प्रधानमन्त्री थ्री नेसन्स् कप फुटबल प्रतियोगिताअन्तर्गत दोस्रो खेलको पहिलो हाफमा भुटानले घरेलु टोली नेपालविरुद्ध अग्रता लिएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा भुटानले पहिलो हाफमा १-० गोल अन्तरको अग्रता बनाएको हो।
१९औँ मिनेट भुटानले खेलमा अग्रता लियो। दावा छिरिङले प्रहार गरेको कर्नर बललाई अनमार्कमा रहेका तेन्जिङ नोर्वुले हेडरमार्फत जाली चुमाउँदा नेपालका गोलरक्षक किरण चेम्जोङले पत्तै पाएनन्।
२९औँ मिनेट पूजन उपरकोटीले भुटानी पोस्टमा प्रहार गर्ने मौका पाएका थिए। तर, सेन्ट्रल साइकलबाट अलिकति अगाडि बढेर प्रहार गरेको बल आकासिएको थियो।
त्यसलगत्तै भुटानले अर्को मुभ बनाउँदै गोलको अवसर सिर्जना गरेको थियो। निमा वाङ्गडीले प्रहार गरेको बल नेपालका डिफेन्डर विकास खवासलाई लाग्दै गोल लाइननजिक पुगेको थियो। तर, किरणले उक्त बल सहजै नियन्त्रणमा लिए।
३७औँ मिनेट नेपाली डिफेन्डर विकास खवासले गरेको लामो थ्रीलाई भुटानका दुई डिफेन्डरले मुस्किलले हेडर गर्दै क्लियर गरे।
४५औँ मिनेट मिनेटमा नवीन लामाले प्रहार गरेको कर्नर बललाई पूजन उपरकोटीले दोस्रो बारतर्फ हेडर गर्दै भुटानको गोल लाइननजिक पुर्याएका थिए। तर, गोल लाइनमा रहेका सनिस श्रेष्ठले हेडर गरे पनि आकासिएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
