ललितपुर मेयर्स कपको उपाधिका लागि साबिक विजेता एपीएफ र कोशी प्रदेशबीच प्रतिस्पर्धा हुने भएको छ।
काठमाडौँ– कोशी प्रदेशले ललितपुर मेयर्स कपको उपाधिका लागि साबिक विजेता एपीएफसँग खेल्ने भएको छ।
मंगलबार सम्पन्न दिनको दोस्रो खेलमा कोशीले मधेश प्रदेशलाई ६३ रनले पराजित गर्दै विभागीय टोली एपीएफसँगको भेट पक्का गरेको हो।
कोशीले दिएको १०६ रनको लक्ष्य पछ्याएको मधेशले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ४३ रन मात्रै बनाउन सक्यो।
मधेशकी सरस्वतीकुमारी चौधरीले १० रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बटुल्न सकेनन्।
कोशीकी निशा शाह, अलिशा खडिया र रूबिना क्षेत्री बेलबासेले २/२ विकेट लिए। सबनाम राईको नाममा १ विकेट रह्यो।
त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कोशीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १०५ रन बनाएको थियो। कोशीकी ओपनर तथा कप्तान रूबिना क्षेत्रीले ३८ बलमा ६ चौकासहित ३९ रन बनाइन्। अर्की ओपनर काजल श्रेष्ठले २८ बलमा ४ चौकासहित २२ रन बनाइन्।
उनीहरूबीच पहिलो विकेटको लागि ४० रनको साझेदारी भएको थियो। शीर्षक्रमकी अप्सरा बेगमलले १९ र स्मृति कटुवालले १० रन बनाइन्।
मधेशकी सन्तोषी चौधरी, अमिरन निशा र अमिशा पटेलले २/२ विकेट लिइन्। जितसँगै कोशीले ४ खेलबाट ६ अंक जोड्यो। मधेशले समान खेलबाट २ अंक मात्रै जोड्न सक्यो।
बिहीबार हुने फाइनलमा कोशीले अपराजित रहेको एपीएफसँग खेल्ने छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
