विराटनगरमा प्रहरी र प्रदर्शनकारीबीच झडप [तस्वीरहरू]

कोशी प्रदेश नामकरणविरुद्ध विराटनगरमा प्रदर्शनका क्रममा पहिचानवादी र प्रहरीबीच झडप भएको छ।

काठमाडौँ– कोशी प्रदेश नाम संशोधनको माग गर्दै पहिचानवादीहरूले विराटनगरमा प्रदर्शन गरेका छन्। ऐतिहासिक पृष्ठभूमिको आधारमा प्रदेशको नामकरण गर्नुपर्ने माग गर्दै पहिचानवादीहरूले विराटनगरमा प्रदर्शन गरेका हुन्। 

प्रदर्शनलाई नियन्त्रणमा लिने क्रममा प्रदर्शनकारी र प्रहरीबिच झडप भएको छ। प्रदेश सरकारले भने फा‍गुन १७ गते प्रदेशको नामकरण गरेको थियो। नामकरण खारेजीको माग गर्दै चैत ५ गते पहिलोपटक विराटनगरमा पहिचानवादीहरूले आन्दोलन गरेका थिए। प्रदर्शनकै क्रममा चैत ५ गते घाइते भएका पदम लिम्बूको चैत १० गते उपचारको क्रममा मृत्यु भएको थियो।