जोखिम बढेसँगै सीमा नाकामा स्वास्थ्य जाँचमा कडाइ गर्नुका साथै खोप अभियानलाई निरन्तरता दिइएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले बताए।
भारतबाट स्वदेश फर्किने नेपाली नागरिकमा कोरोना संक्रमण देखा पर्न थालेको छ। सीमा नाकामा परीक्षण गर्दा भारतबाट स्वदेश फर्किएकाहरूमा कोरोनाको संक्रमण देखिन थालेको हो।
सुदूरपश्चिमका भारतसँग जोडिएका सबै नाकामा नियमित रूपमा कोरोना परीक्षणको कार्य जारी रहेको छ। यहाँका सीमा नाकाहरूमा परीक्षण गर्दा दैनिक रूपमा कोरोना संक्रमण देखिरहेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए। चैत शुरू भएयता मात्रै यस प्रदेशमा भारतबाट फर्किएका ४३ जनामा संक्रमण पुष्टि भइसकेको छ।
“यो महिना कोरोना संक्रमण बढ्दै गएको छ। संक्रमित सबै भारतबाट फर्किएका रहेका छन्। भारतबाट फर्किनेमा कोरोना देखिन थालेपछि सीमा क्षेत्रमा जोखिम बढेको छ,” उनले भने।
भारतसँग सीमा जोडिएका सुदूरपश्चिमका झुलाघाट, पुलघाट, जौलजीवी, गड्डाचौकी र त्रिनगर नाकाबाट हाल दैनिक रूपमा स्वदेश फर्किनेको क्रम पनि बढेको हो। नयाँ वर्षनजिक आइरहेका बेला यहाँका नाकामा भारतबाट स्वदेश फर्किनेको संख्या पनि बढ्दै गएको छ। नयाँ वर्ष तथा बिशु पर्व मनाउन गाउँ फर्किनेको संख्या बढेकाले संक्रमणदर पनि वृद्धि भएको जोशीले बताए। नाकामा हेल्थ डेस्क स्थापना गरेर एन्टिजेन परीक्षणको व्यवस्था गरिएको छ।
भारतमा संक्रमण फैलिरहेकाले यहाँका नाकामा स्वास्थ्य चेकजाँचमा कडाइ गरिएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति जोशीले बताए। भारतका विभिन्न कोरोना संक्रमण देखिन थालेकाले त्यसको प्रभाव सुदूरपश्चिम प्रदेशमा पनि देखिन थालेको हो। “भारतमा दिन प्रतिदिन संक्रमण फैलिरहेको त्यसको प्रभाव यहाँ पनि परेको छ, सुदूरपश्चिम प्रदेश पनि जोखिममा छ,” उनले भने।
जोखिम बढेसँगै सीमा नाकामा स्वास्थ्य जाँचमा कडाइ गर्नुका साथै खोप अभियानलाई पनि निरन्तरता दिइएको जोशीको भनाइ छ। सीमानाकामै हेल्थ डेस्क स्थापना गरी एन्टिजेन परीक्षणमार्फत परीक्षणको काम भइरहेको छ। संक्रमितलाई सम्बन्धित पालिकाको समन्वयमा होम आइसोलेसनमा बस्न भन्ने गरिएको छ। प्रदेशभरि नै हाल ५५ वर्षमाथिका सबैलाई बुस्टर डोज लगाउने क्रम जारी रहेको निर्देशनालयले जनाएको छ।
भारतमा संक्रमण देखिएका शहरहरूसित दूरीका हिसाबले यो प्रदेशनजिक भएकाले उच्च जोखिम रहेको र सतर्कता अपनाउन आवश्यक रहेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए। “भारतमा कोरोना संक्रमण बढेपछि सुदूरपश्चिममा नै त्यसको प्रभाव पर्न जाने भएकाले सतर्कता अपनाई स्वास्थ्यका मापदण्ड पालना गर्न जरुरी छ,” उनले भने।
सुदूरपश्चिम प्रदेशमा हालसम्म छ लाख ४४ हजार ४५४ जनाको कोरोना परीक्षण गरिएकामा ६१ हजार ९२७ जनामा संक्रमण भइसकेको छ। संक्रमणकै कारण यस प्रदेशमा ६३५ जनाको ज्यान गइसकेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार एक हजार २६६ जनामा गरिएको परीक्षणमा ६९ जनामा संक्रमण देखिएको छ। यसअघि चैत १२ गते १६ जना र चैत ९ गते १७ जनामा देखिएको संक्रमण देखिएको थियो।
संक्रमित बढेसँगै सक्रिय संक्रमित पनि बढेको पाइएको छ। इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले भारतमा संक्रमण बढिरहेको र खुला सिमानाका कारणले नेपाल संक्रमण भित्रिएको बताए।
“भारतमा संक्रमण बढिरहेको छ। ती संक्रमित खुला सिमानाका कारण नेपालमा भित्रिँदा यहाँ संक्रमण बढेको हो”, उनले भने, “हामीले सीमा नाकामा कडाइ गर्न निर्देशन दिइसकेका छौँ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
