ललितपुर मेयर्स कपमा कोशीले सुदूरपश्चिमलाई ९ विकेटले पराजित गर्दै विभागीय टोली एपीएफसँग फाइनल खेल्ने सम्भावना बलियो बनाएको छ।
काठमाडौँ– कोशी प्रदेशले ललितपुर मेयर्स कप क्रिकेट प्रतियोगिताको फाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ। सोमबार सम्पन्न तेस्रो खेलमा कोशीले सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले पराजित गर्दै विभागीय टोली एपीएफसँग फाइनल खेल्ने सम्भावना बलियो बनाएको हो।
सुदूरपश्चिम प्रदेशले दिएको ८३ रनको लक्ष्य कोशीले १५.३ ओभरमा १ विकेट गुमाउँदै पूरा गरेको हो। कोशीकी ओपनर काजल श्रेष्ठले अविजित रहँदै ४० रन बनाइन्। उनले ५० बलमा ५ चौका प्रहार गरिन्। अर्की ओपनर तथा कप्तान रूबिना क्षेत्री बेलबासेले ४१ बलमा २ चौकासहित २८ रन बनाएर क्याच आउट भइन्।
उनीहरूले पहिलो विकेटको लागि ७३ रनको साझेदारी गरेका थिए। १-७३ को स्थितिमा क्रिजमा आएकी अप्सरा बेगम ४ बलमा १ चौकासहित ४ रन बनाउँदै अविजित रहिन्। काजलले उनीसँग १० रनको साझेदारी गरेपछि कोशीले लक्ष्य भेटेको थियो।
सुदूरपश्चिमकी कविता जैशीले १ विकेट लिइन्।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले १८.५ ओभरमा सबै विकेट गुमाउँदै ८२ रन बनाएको थियो।
सुदूरपश्चिमकी कप्तान बिन्दु रावलले सर्वाधिक ३० रनको योगदान दिइन्। उनले ४५ बलमा ३ चौका प्रहार गरिन्। सम्झना खड्का १६ र ऋतु कनौजिया १३ रनमा आउट भएपछि सुदूरपश्चिम बलियो लक्ष्य दिन चुकेको थियो। ऋतुपछि क्रिजमा आएका कविता जैशी, लक्ष्मी साउद, इश्वरी बिष्ट, रेविती धामी र मनिषा चौधरीले खाता खोल्न सकेनन्।
योशोदा विष्ट भने १ रनमा अविजित रहिन्। कोशीकी रूबिना क्षेत्री र अप्सरा बेगमले ३/३ विकेट लिइन्। ज्योति दनुवारको नाममा १ विकेट रह्यो।
जितसँगै कोशीले ३ खेलबाट ४ अंक जोडेको छ। कोशी अंक तालिकाको दोस्रो स्थानमा छ।
पराजित सुदूरपश्चिम ४ खेल खेल्दै ४ अंकको साथ तेस्रो स्थानमा छ। मंगलबार कोशी र मधेश प्रदेशबीच प्रतिस्पर्धा हुने छ। कोशी विजयी भएमा एपीएफसँग फाइनलमा खेल्ने छ।
तर, पराजित भएमा तीन टोलीको समान ४ अंक हुँदा नेटरनरेटमा निर्भर हुनेछ। कोशीको नेटरनरेट ०.९२८ रनेको छ। सुदूरपश्चिमको ०.८४४ र मधेशको -२.१४४ रहेको छ।
मधेश ३ खेलमा २ अंकका साथ चौथो स्थानमा छ। ललितपुर ३ खेलमा जितविहीन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
