भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले नेपालीमा इम्बोस्ड नम्बर प्लेट राख्ने कार्ययोजना अघि बढाइएको बताएका छन्।
काठमाडौँ– सरकारले इम्बोस्ड नम्बर प्लेटलाई नेपालीमा राख्ने कार्ययोजना अघि बढाएको छ। उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सोमबार मन्त्रालयको कार्य प्रगति विवरणबारे जानकारी दिन आयोजित कार्यक्रममा यस्तो बताएका हुन्।
उनले प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनमा इम्बोस्ड नम्बर प्लेटलाई नेपालीमा राख्ने कामलाई शुरू गरिएको बताए। उनले नेपाली समाज र सरकारी निकायले धेरै पटक भनेपछि मन्त्रालयले सो कामलाई अघि बढाउने गरी कार्ययोजना बनाउनु परेको स्पष्टीकरण दिए।
"सवारीसाधनमा राखिने इम्बोस्ड नम्बर सरकारी तहमा पनि नेपाली समाजमा पनि धेरै पटक नेपालीमा राख्नुपर्छ भनेर पनि बहस हुने गरेकै हो। प्रारम्भमा त्यसबारेमा प्रक्रिया अघि बढेको पनि हो। अहिले अंग्रेजीमा छ। तर हाम्रो मन्त्रालयले अहिले प्रधानमन्त्री समेतको परामर्श र निर्देशनमा इम्बोस्ट नम्बर प्लेटलाई नेपालीमा पनि राख्ने कार्य योजना अगाडि बढाएको छ," उनले भने।
उपप्रधानमन्त्री श्रेष्ठले सो कामलाई अघि बढाउन सम्बन्धित एजेन्सीसँग छलफल गरिएको र अब सरकारले यो कामलाई तीव्रता दिने पनि बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
