काठमाडौँ जिल्ला अदालतका न्यायाधिश माधवप्रसाद घिमिरेको इजलासमा रहेको मुद्दाको पेशी सन्दीपका वकिलहरूले निवेदन दिएर स्थगित गरेका हुन्।
काठमाडौँ– क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीको मुद्दाको पेशी स्थगित भएको छ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधिश माधवप्रसाद घिमिरेको इजलासमा रहेको मुद्दाको पेशी सन्दीपका वकिलहरूले निवेदन दिएर स्थगित गरेका हुन्।
न्यायाधिश घिमिरेले नै कात्तिक १८ गते लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेका थिए। उनको आदेश उच्च अदालतले बदर गरेको थियो।
सन्दीपविरुद्ध गत भदौ २१ गते प्रहरी वृत्त गौशालामा जबरजस्ती करणीको उजुरी परेको थियो। भदौ २३ गते काठमाडौँ जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो। लगत्तै क्यानले उनलाई निलम्बन गरेको थियो।
उनी असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए। त्यसपछि उनलाई जिल्ला अदालत काठमाडौँले पुर्पक्षका लागि केन्द्रीय कारागार सुनधारामा थुनामा पठाएको थियो।
तर, पुस २९ गते उच्च अदालत पाटनले सन्दीपलाई २० लाख धरौटीमा शर्तसहित रिहा गर्न आदेश दिएको थियो। गत हप्ता पोखरामा बसेको क्यान बोर्ड बैठकले उनलाई राष्ट्रिय टोलीमा बोलाउने र निलम्बन फुकुवा गर्ने निर्णय गरेको थियो।
उच्च अदालतले क्षेत्राधिकार बाहिर गएर धरौटीमा छाडेको भन्दै महान्यायाधिवक्ता कार्यालयले उनलाई थुनामै राख्नुपर्ने माग राख्दै सर्वोच्चमा निवेदन दिएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
