बागलुङको गलकोट र ताराखोला जोड्ने सडक दुई पटक म्याद थप्दासमेत ५० प्रतिशत कालोपत्रे हुन सकेको छैन।
गलकोट– ठेकेदारले सम्झौताबमोजिम काम गरेको भए गलकोट हुँदै ताराखोलाको यात्रा सहज हुन्थ्यो।
तर, गलकोट नगरपालिकाको केन्द्र हटियादेखि ताराखोला जोड्ने रणनीतिक सडक म्याद सकिँदा पनि कालोपत्रे हुन सकेको छैन।
डेढ वर्षअघि नै सक्ने ठेक्का सम्झौता भएकोमा दुई पटक म्याद थप गर्दासमेत कालोपत्रे हुन नसकेको हो। ठेकेदारको लापरेबाहीका कारण काम हुन नसकेको गलकोटका नगरप्रमुख भरत शर्मा गैरेले बताए।
“सम्झौता भएको चार वर्ष पुगिसक्दासमेत कालोपत्रे भएन,” उनले भने, “ठेकेदारले काममा चरम ढिलासुस्ती गरे।” दुई पालिका जोड्ने सडक कालोपत्रे भए गलकोट र ताराखोलाको सिमानामा रहेको गाइघाट झरनामा पुग्ने पर्यटकलाई समेत सहज हुने उनको भनाइ छ।
उक्त रणनीतिक सडक म्याद सकिएको डेढ वर्ष भइसकेको छ। दुई पटक म्याद थप्दासमेत कालोपत्रे नभएको पूर्वाधार कार्यालय बागलुङले जनाएको छ। निर्माण व्यवसायीले कोरोना महामारी र आर्थिक वृद्धिदरको कारण देखाउँदै ढिलासुस्ती गरेको कार्यालय प्रमुख गणेश सुवेदीले बताए।
“अहिले फेरी म्याद थपिएको छ। पुससम्म म्याद छ, त्यो म्यादभित्र सक्न निर्देशन दिएका छौँ,” उनले भने, “अहिले पाँच किलोमिटर सडकमा ग्राभेल गरेको छ त्यही गतिमा काम गरे मात्रै पुससम्म सम्भव होला नत्र कालोपत्रे सकिँदैन।” अहिले बिछ्याएको ग्राभेलमा समेत त्रुटि देखिएकाले सच्चाउन लगाइएको उनले बताए।
झन्डै ४० किलोमिटर रणनीतिक सडकमध्ये अहिले गलकोटको हटियादेखि सयपत्री जलविद्युत् आयोजनासम्म १० किलोमिटर कालोपत्रेको लागि एपेक्स खड्का कृष्ण जेभीले २४ करोड रुपैयाँमा ठेक्का लिएको छ।
साढे पाँच किलोमिटर सडकमा बेस राखेर ग्राभेल भरे पनि बाँकी खण्डमा काम ढिलो भएको छ। अहिलेसम्म १२ करोड रुपैयाँ भुक्तानी भइसकेको कार्यालयले जनाएको छ। निर्माण कम्पनीका इन्जिनियर रामु कँडेलले कोरोना महामारी, विद्युतीय पोल र मूल्यवृद्धिका कारण समयमै काम नसकिएको जिकिर गरे।
पुस मसान्तसम्म सात किलोमिटर सडक कालोपत्रे गरिसक्ने उनको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
