लुम्बिनीलाई सुन्दर, स्वच्छ र सफा राख्न अन्तर्राष्ट्रिय संस्था डब्लुडब्लुएफ, युनेस्को, एडिबी र विश्व बैंकलगायतका संघसंस्था लुम्बिनीमा लामो समयदेखि कार्यरत छन्।
रूपन्देही– विश्व सम्पदा सूचीमा सूचीकृत बुद्धजन्मस्थल लुम्बिनीको मायादेवी मन्दिर जाने गेट नं ५ नजिक फोहरको दुर्गन्ध छ। लुम्बिनी पुग्ने जो–कोहीले एकपटक त्यहाँ पुग्नैपर्ने हुन्छ, तर व्यवस्थापनप्रति सरोकारवालाको ध्यान नपुगेको स्थानीयवासीको आरोप छ।
“महिलवार, पर्सा र मोगलहालगायत मुख्य चोक र तेलार नदीमा फलिएका फोहर सडेर लुम्बिनी दुर्गन्धित र कुरुप देखिएको छ,” स्थानीय व्यापारी बबिन बरइले भने, “पर्यटकीयस्थल सफा, सुन्दर र आकर्षक हुनुपर्नेमा त्यसो हुनसकेको छैन।”
लुम्बिनी सांस्कृतिक नगरपालिकाले फोहर व्यस्थापन गर्न नसक्दा लुम्बिनी दुर्गन्धित बनेको बरइले बताए। बजारभरिका फोहर सडकपेटी र लुम्बिनी विकास कोषको पर्खालभित्र फलिँदैछन्, तर सरोकारवालाले ध्यान नदिएको उनको गुनासो छ।
लुम्बिनी विकास कोषको मुख्य गेट (गेट नं ५) महिलवार चोकस्थित सडकपेटी र ट्याक्सी बिसौनी वरपर फोहरको थुप्रो छ। बुद्ध दर्शन तथा शान्तिपूर्ण विश्रामका लागि लुम्बिनी पुगेका जापानी पर्यटक केङ्गो नोगुचीले नाक खुम्च्याउँदै भने, “फोहरको दुर्गन्धले पर्यटक–पाहुनालाई लुम्बिनीमा बस्ने र घुम्ने वातावरण बिगारेको छ।”
लुम्बिनी सांस्कृतिक नगरपालिका र लुम्बिनी विकास कोषसमेतले फोहर व्यवस्थापन र सरसफाइका लागि बर्सेनि लाखौँ खर्च गर्ने गरेको भए पनि सार्थकता नभएको सञ्चारकर्मी दिनेश लोधले बताए। उनले भने, “पर्यटकले फोहरको फोटो खिच्दा हामी लाजले भुतुक्कै हुन्छौँ, तर सरोकारवालालाई चासो छैन।”
“लुम्बिनी विकास कोष वरिपरिको सडकपेटी र महिलवार, पर्सालगायत चोक फोहर थुपार्ने ठाउँजस्तै बनेको छ,” लोधले थपे, “वर्षात्को समयमा त फोहर सडेर दुर्गन्धले बस्न र हिँड्नसक्ने अवस्था हुँदैन।” फोहरमैलाको शीघ्र व्यवस्थापनका लागि सम्बन्धित सरोकारवालालाई उनको आग्रह छ।
“जथाभावी फालिने फोहरमैलाका कारण त्यस क्षेत्रमा लामखुट्टेको प्रभाव बढी हुनुका साथै डेंगीलगायत अनेकौँ रोगले समेत आक्रमण गर्न सक्ने खतरा छ,” लुम्बिनी पर्यटन व्यवसायी संघका अध्यक्ष हुसेनी लोधले भने, “फोहर व्यवस्थापन नहुँदा लंकापुरस्थित तेलार नदीको छठघाटमा बर्सेनि हुँदै आएको पूजासमेत प्रभावित हुने खतरा छ।”
लुम्बिनीलाई सुन्दर, स्वच्छ र सफा राख्न अन्तर्राष्ट्रिय संस्था डब्लुडब्लुएफ, युनेस्को, एडिबी र विश्व बैंकलगायतका संघसंस्था लुम्बिनीमा लामो समयदेखि कार्यरत छन्। स्थानीयस्तरमा लुम्बिनी सरसफाइ व्यवस्थापन समिति र ग्रीन युथ आफ लुम्बिनीलगायतका संघसंस्था पनि लुम्बिनीको सरसफाइ र फोहर व्यवस्थापनका लागि सक्रिय छन्।
लुम्बिनी सांस्कृतिक नगरपालिका रूपन्देहहीले सरसफाइ र फोहर व्यवस्थापनका लागि यस आर्थिक वर्ष २०७८/७९ मा ८० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। दसैँअघि बसेको नगरपालिकाको बोर्ड बैठकमा यहाँको सरसफाइ र फोहर व्यवस्थानबारे प्रस्ताव ल्याइए पनि सफल हुन नसकेको वडा नं ६ का वडाध्यक्ष नैमुल हक मुसलमानले बताए।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोपेन्द्रप्रसाद पाण्डेले भने, “फोहर व्यवस्थापनका लागि ल्याइएको प्रस्तावमा बोर्ड बैठकबाट सहमति हुन नसके पनि नगरपालिकाले तत्काल फोहरमैला व्यवस्थापन कार्य अघि बढाउने कार्ययोजना छ।” उनले छठपछि जसरी पनि त्यहाँको फोहर हटाइने बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
