एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले प्रधानमन्त्रीलाई देशको अर्थतन्त्र राम्ररी बुझेको व्यक्तिलाई अर्थमन्त्री बनाउन सुझाव दिएको बताएका छन्।
काठमाडौँ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले गृह, अर्थ र परराष्ट्र मन्त्रालयको दाबी नगरेको बताएका छन्। आइतबार संघीय संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन्।
उनले देशको अर्थतन्त्रको समस्यालाई राम्ररी बुझेको र समस्याको समाधान दिन सक्ने व्यक्तिलाई अर्थमन्त्री बनाउन आफूले प्रधानमन्त्रीलाई सुझाव दिएको बताए।
“मेरो मुखबाट गृह पनि निस्किएको छैन, अर्थ पनि निस्किएको छैन। परराष्ट्र निस्किएको छ, तर हाम्रो निम्ति होइन। मैले के भनेको छु भने अर्थ मन्त्रालय यस्तो व्यक्तिलाई दिनुस्, जसले देशको अर्थतन्त्रका समस्याहरूलाई राम्ररी बुझ्न सकेको छ,” उनले भने।
परराष्ट्र मन्त्रालयमा पनि काबिल व्यक्तिलाई जिम्मेवारी दिन आफ्नो सुझाव रहेको उनले बताए। “अन्तर्राष्ट्रिय परिस्थिति धेरै जटिल छ। यो सबै सन्दर्भमा हाम्रो देशको महत्त्वपूर्ण भूमिका हुने भएकाले त्यस कार्यमा पनि काबिल मान्छेको खोजी गरेर जिम्मा दिनुहोला,” उनले भने।
अध्यक्ष नेपालले सरकारको साझा नीति तथा कार्यक्रममा हस्ताक्षर भएसँगै सोही मान्यताका आधारमा सरकारले पूर्णता पाउने बताएका छन्। उनले प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारलाई पूर्णता दिने विषयमा प्रत्येक पार्टीसँग छुट्टाछुट्टै छलफल गरिरहेको बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
