नियुक्ति नै नपाएको व्यक्तिलाई झुट्टा सरुवापत्रका आधारमा शिक्षक कायम गरी भ्रष्टाचार गरेको आरोपमा बैतडीका तत्कालीन जिल्ला शिक्षा अधिकारी अमरप्रसाद भट्टसहित ६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ।
काठमाडौँ– नियुक्ति नै नपाएको व्यक्तिलाई झुट्टा सरुवापत्रका आधारमा शिक्षक कायम गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला शिक्षा कार्यालय, बैतडीका तत्कालीन जिल्ला शिक्षा अधिकारी अमरप्रसाद भट्टसहित ६ जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।
भट्टले नियुक्ति पत्र नै नभएको गैरशिक्षक मनकाकुमारी अवस्थीलाई हुनैनाथ आधारभूत विद्यालय सल्सेनाको व्यवस्थापन समितिबाट नियुक्ति भएको भनी विना कुनै कागजात प्राविधिक सहायकलाई नियुक्तिको अभिलेखीकरण गर्न लगाएको आयोगले जनाएको छ।
त्यस्तै, अवस्थीलाई उक्त विद्यालयबाट बलैराज निम्न माध्यमिक विद्यालय सुनखोलामा सरुवा गरी तलब लगायतका सुविधाहरू निकासा दिई जिल्ला शिक्षा अधिकारीको पद तथा ओहदाको दुरुपयोग गरी ७४ हजार ९२० रुपैयाँ हानि नोक्सानी गरेको अख्तियारले जनाएको छ।
उक्त मुद्दामा जिल्ला शिक्षा अधिकारी भट्टसहित जिल्ला शिक्षा कार्यालयका तत्कालीन प्राविधिक सहायक स्व. सञ्जय ठाकुर दनुवार, मनकाकुमारी अवस्थी, जिल्ला शिक्षा कार्यालयका तत्कालीन स्रोत व्यक्ति हरिनाथ, बलैराज निमावि, बैतडीका प्रधानाध्यापक नरबहादुर कुँवर र बलैराज निमावि बैतडीका व्यवस्थापन समितिका अध्यक्ष जयराज जोशीविरुद्ध आरोपपत्र दर्ता गरेको हो।
आयोगले आरोपपत्रमा भट्टसहित ६ जनालाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र (१) को खण्ड (ग) बमोजिम ७४ हजार ९२० बिगो कायम गरी सोही ऐनको दफा १७ बमोजिम कैद र जरिबाना गर्न माग गरेको छ ।
जिल्ला शिक्षा कार्यालयका तत्कालीन प्राविधिक सहायक स्व. सञ्जय ठाकुर दनुवारको मृत्यु भएकोले बिगोअसुल उपर गर्नका लागि मात्र दनुवारकी पत्नी मञ्जुकुमारी सिंहविरुद्ध पनि मागदाबी लिइएको आयोगले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
