प्रतिनिधिसभाको बैठकमा एमाले सचेतक महेश बर्ताैलाले नियमापत्ति जनाएपछि कांग्रेस सांसद पूर्णबहादुर खड्काले गल्ती स्वीकार गर्दै माफी मागेका छन्।
काठमाडौँ– नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले प्रतिनिधिसभा नियमावली आफूले उल्लंघन गरेको स्वीकार गर्दै माफी मागेका छन्। आइतबार प्रतिनिधिसभाको बैठकमा एमाले सचेतक महेश बर्ताैलाले नियमापत्ति जनाएपछि खड्काले गल्ती स्वीकार गर्दै माफ मागेका हुन्।
सचेतक बर्तौलाले प्रतिनिधिसभा नियमावलीको नियम २० को ६ बमोजिम सभामुख आसन तथा बोलिरहेको सदस्यको बीचबाट हिँड्न कोही पनि सदस्यलाई अनुमति नभएको उल्लेख गरिए पनि सत्तापक्षका सांसदबाट त्यसको उलंघन गर्ने काम भएको भनेर सभामुखको ध्यानाकर्षण गराएलगत्तै उपसभापति खड्काले त्यसलाई स्वीकार गर्दै माफी मागेका हुन्।
एमाले सचेतक बर्तौलाले सत्तारूढ दलकै सांसदले प्रतिनिधिसभा नियमावलीको धज्जी उडाउने काम गर्नु गम्भीर विषय भएको बताए।
"यो हाउसमा पटकपटक मर्यादा विपरीत काम भइरहेको छ। हाम्रो प्रतिनिधिसभा नियमावलीको नियम २० को ६ बमोजिम सभामुख आसन तथा बोलिरहेको सदस्यको बीचबाट हिँड्न कोही पनि सदस्यलाई त्यो अनुमति हुँदैन। पटकपटक यो संसद्को गरिमा र महत्त्वलाई धज्जी उडाउँदै माननीय सदस्यहरूबाट यस प्रकारको काम भइरहेको छ। सत्ता पक्षका माननीयज्यूहरुबाट यस प्रकारको काम भइरहेको छ। म गम्भीरताका साथ सभामुख महोदय, म यो विषयमा सभामुखको ध्यानाकर्षण होस्," उनले भने।
त्यसलगत्तै, सभामुख देवराज घिमिरेले यस्तो विषयमा ध्यान दिन सचेत गराएका थिए। सोही विषयमा सभामुखसँग समय माग गरेर उपसभापति खड्काले भने, "अनदेखाको कारणले माननीयज्यूले उल्लेख गर्नु भएअनुसार मैले त्यो नियमावलीको त्यो दफालाई उल्लंघन गरेँ। त्यसका लागि म क्षमा माग्न चाहन्छु।"
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
