सूर्य ओडार बुद्धसँग जोडिएपछि चर्चामा आएको छ। फागुनमा यहाँ ४० भिक्षुसहित दर्जनौँको संख्यामा बौद्ध अनुयायी आएर ध्यान गरेका थिए।
अर्घाखाँची– कपिलवस्तुको सीमा नजिकै पर्छ सूर्य ओडार। बाणगंगा क्षेत्रको पूर्व–पश्चिम राजमार्ग उत्तरको जंगल कटेपछि ओडार पुग्न सकिन्छ।
अर्घाखाँचीको शीतगंगा नगरपालिका– १४ विक्रम गाउँ नजिकै रहेको ओडारको महत्त्व बुद्धसँग जोडिएको छ। बुद्धसँग सम्बधित रहेर यसको खोज र अनुसन्धानमा लागेका पोमनारायण पौडेल यो ओडार बुद्धको देशनालय रहेको बताउँछन्।
“कपिलवस्तु महावन क्षेत्र हो। जसअन्तर्गत यो ठाउँ बुद्धले त्यस बेलाका देवता र दानवलाई देशना गरेको हिसाबले महत्त्वपूर्ण छ,” पौडेल भन्छन्, “शाक्यमुनि गौतम बुद्धले ज्येष्ठ पूर्णिमाको राति यहाँ देशना गर्नुभएको इतिहास छ।”
ओझेलमा परेको यो क्षेत्रमा पछिल्लो समय पर्यटकको संख्या बढ्न थालेको उनले बताए। “पहिले यो ओडारका बारेमा कसैलाई थाहा थिएन। स्थानीय तहले प्रचारमा ल्याएपछि यहाँ आउने पर्यटक बढिरहेका छन्,” उनले भने।
उनका अनुसार सूर्य ओडार पहाड नजिकै छ। बौद्धग्रन्थमा उल्लेख भएको यस ठाउँको खोज र अनुसन्धानमा विद्वानहरू लागिपरेका छन्। विपस्यनाका वरिष्ठ सहायक आचार्य अक्कलध्वज गुरुङले पनि कपिलवस्तु महावनमा बुद्धले गरेको देशनालयस्थल सूर्य गुफा नै रहेको बताए।
“बुद्धले देवतादेखि दानवसम्मलाई महासमय सूत्र सुनाउने गर्नुहुन्थ्यो। त्यो सुनाउने स्थान कपिलवस्तु महावन हो,” उनले भने, “त्रिपिटकमा गरिएको व्याख्याअनुसार कपिलवस्तु महावनमा बुद्धले देशना गरेको र जहाँ युगान्दर पर्वत, भागीरथी नदी र एक गुफा रहेको भन्ने छ। यो स्थान अन्य कुनै स्थानमा नभएकाले यही हो।”
बुद्धले २९ वर्ष बिताएको तिलौराकोट र बुद्धत्व प्राप्त गरी फर्केर आएको कुदानको ठीक उत्तरमा यो क्षेत्र पर्छ। तिलौराकोटमा हाल उत्खनन भइरहेको छ। यसक्रममा बौद्धकालीन संरचना थप भेटिने क्रममा छन्।
पौराणिक कालमा भागीरथी नदीले चिनिएको बाणगंगा नदी नजिकै रहेको तिलौराकोट र बुद्धले देशना गरेको उत्तर क्षेत्रको भागीरथी नदी नजिकै सूर्य गुफा रहेका कारण यसको तथ्यलाई थप पुष्टि गरेको शीतगंगा नगरपालिकाका पूर्व उपप्रमुख टीका रेश्मीले बताए।
पावरा–विक्रमका गाउँलेले सूर्य उदाएको देखिएपछि यस ठाउँलाई सूर्य ओडार नामकरण गरेका थिए। स्थानीयबाहेक खासै चर्चामा नआएको यो गुफा बुद्धसँग जोडिएपछि थप चर्चामा आएको छ।
बुद्धबारे खोज र अनुसन्धान भइरहँदा पुस्तकमा उल्लेख भएका तथ्य खोज्न अभियान्ता लागिपरेका छन्। फागुनमा यहाँ ४० भिक्षुलगायत दर्जनौँ संख्यामा बौद्ध अनुयायी आएका थिए। उनीहरूले यसलाई थप पुष्टि गर्ने आधार खोजेका थिए।
प्रचारप्रसारको अगुवाइ पूर्व उपप्रमुख रेश्मीले गरेका छन्। भिक्षुसँगै आएका बौद्ध अनुयायीले यहाँको अवलोकन गर्दै वास्तविकता पत्ता लगाउने कोसिस गर्नु यस क्षेत्रका लागि महत्त्वपूर्ण अवसर भएको उनले बताए।
बाणगंगा नगरपालिका–८ का पोमनारायण पौडेलले सूर्य ओढारसम्म पुग्न सहज बाटो बनाउन आवश्यक रहेको बताए। त्यहाँ पुग्ने बाटो कच्ची भएको र जंगली क्षेत्र रहेकाले वनसँग समन्वय गरी बाटोको थप विस्तार गर्नुपर्नेमा उनको जोड छ।
अहिले भिक्षुहरू धयान गर्न ओडारमा पुग्ने गरेका छन्। बुद्धकालीन सभ्यतासँग जोडिएको भूगोल भएकाले यसको विकासका लागि सरोकारवालाले चासो देखाउनुपर्ने पावरा विक्रमका स्थानीय भीमबहादुर बुढाले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
