अमेरिकाको मिसिसिपी राज्यमा आँधीबेहरीका कारण कम्तिमा २३ जनाको मृत्यु भएको छ भने बेपत्ता भएकाहरूको खोजी तथा उद्धार जारी रहेको बताइएको छ।
अमेरिकाको मिसिसिपी राज्यमा भीषण हावाहुरीका कारण कम्तिमा २३ जनाको मृत्यु भएको छ। स्थानीय समयअनुसार शुक्रबार राति आँधी आउँदा २३ जनाको ज्यान गएको अधिकारीहरूलाई उद्धृत गरी एबीसी न्यूजले जनाएको छ।
मिसिसिपी इमर्जेन्सी म्यानेजमेन्ट एजेन्सी (एमईएमए)का अनुसार राज्यको राजधानी ज्याक्सनबाट करिब ११० किलोमिटर उत्तरमा रहेको शार्की र हम्फ्रेज काउन्टीमा खोजी तथा उद्धार कार्य जारी छ।
“मिसिसिपी डेल्टाका धेरैलाई आज राति तपाईंको प्रार्थना र ईश्वरको सुरक्षाको खाँचो छ,” स्थितिको भयानक तस्वीर चित्रण गर्दै गभर्नर टेट रिभ्सले ट्वीटरमा लेखेका छन्।
उनले भने, “हामीले प्रभावितका लागि थप एम्बुलेन्स र अन्य आपत्कालीन सेवा उपलब्ध गराउने गरी मेडिकल सहयोग जारी गरेका छौँ। खोजी र उद्धार कार्य जारी छ।”
मौसमको रिपोर्ट हेर्न र सतर्क रहन स्थानीय बासिन्दालाई सचेत रहन भनिएको छ।
एबीसीका अनुसार शार्की काउन्टीमा १३, क्यारोल काउन्टीमा तीन र मुनरो काउन्टीमा दुई जनाको मृत्यु भएको छ। हम्फ्रेज काउन्टीको सिल्भर सिटीमा एक व्यक्तिको मृत्यु भएको राज्य राजमार्ग गस्ती टोलीले एबीसीलाई बताएको छ। मृतक र बेपत्ताहरूको संख्या निकै हुनसक्ने अधिकारीहरूले बताएका छन्।
टिभीमा प्रशारित भिडियोमा उद्धारकर्ताहरूले सहयोग पुर्याउने प्रयास गरिरहँदा घरहरू सडकमा भग्नावशेषका रूपमा छरिएको देखिएको छ।
मेमाका मालरी ह्वाइटले भने, “जहाँसम्म आधिकारिक क्षतिको आकलन शनिबार मध्यान्नसम्म असम्भव हुने देखिएको छ।”
“अहिले हाम्रो मुख्य प्राथमिकता जीवन सुरक्षा हो र मानिसहरूको अवस्थाको लेखाजोखा र उनीहरू सुरक्षित छन् भनेर सुनिश्चित गर्नु हो,” उनले सीबीएस न्यूजसम्बद्ध डब्ल्यूजेटिभीलाई भने।
शुक्रबार राज्यभरका विभिन्न काउन्टीमा चक्रवातको चेतावनी जारी गरिएको थियो। तर स्थानीय समयअनुसार शनिबार बिहान २:४८ बजे ज्याक्सनका लागि ‘चक्रवातको अवधि समाप्त भएको’ राष्ट्रिय मौसम सेवाले बताएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
