शरद र वसन्त ऋतुमा गरी वर्षमा दुईपटक मनाइने छठ सूर्य उपासनाको पर्व हो। शरदमा कात्तिक शुक्ल चौथीदेखि सप्तमीसम्म र वसन्तमा चैत शुक्ल चौथीदेखि सप्तमीसम्म समान विधिले यो पर्व मनाउने चलन छ।
महोत्तरी– मिथिलामा श्रद्धा र निष्ठापूर्वक मनाइने वासन्ती छठ (बोलीचालीमा चैती छठ) पर्व शुरू भएको छ।
चार दिन मनाइने पर्वको पहिलो दिन आज बर्तालुले ‘नहाय–खाय’ (पवित्र स्नान गरेर शुद्ध खाने) विधिबाट व्रत प्रारम्भ गर्दैछन्। पहिलो दिन पवित्र स्नान गरेर व्रत संकल्प गरी चोखोनीतो खाने चलन छ।
शरद र वसन्त ऋतुमा गरी वर्षमा दुईपटक मनाइने छठ सूर्य उपासनाको पर्व हो। शरद ऋतुमा कात्तिक शुक्ल चौथीदेखि सप्तमीसम्म र वसन्त ऋतुमा चैत शुक्ल चौथीदेखि सप्तमीसम्म समान विधिले यो पर्व मनाउने चलन छ।
मधेश प्रदेशको प्राचीन मिथिला क्षेत्रमा छठ जनजन परिचालन हुने महापर्व मानिन्छ। यद्यपि शरदीय छठ जति यो पर्व मनाउने भने देखिँदैनन्।
पर्वको पहिलो दिन ‘नहाय–खाय’, दोस्रो दिन दिनभर उपवास बसेर राति सख्खरमा पकाइएको खिरमात्र खाएर ‘खरना’, तेस्रो दिन निराहार उपवास बसेर साँझ अस्ताउँदा सूर्यलाई पवित्र जलाशयको घाटमा कम्मरसम्म पानीमा चोबलिएर अर्घ्य दिइन्छ, जसलाई ‘सझुका अरख’ भनिन्छ।
अन्तिम दिन बिहान उदाउँदा सूर्यलाई घाटमै अर्घ्य दिएर पर्व सम्पन्न गरिन्छ। यो विधिलाई ‘भोरका अरख’ र ‘पारन’ पनि भनिन्छ।
छठ पर्वमा ठकुवा, भुसुवा (कसार)सहितका मिष्टान्न परिकारसहित पाकेका केराको घरी र अन्य फलफूल तथा दहीसहितका सामग्री बर्तालुले अर्घ्यका बेला सूर्यतर्फ देखाउने गर्छन्। व्रत प्रभावले छालाजन्य रोग नलाग्ने जनविश्वास छ।
चैत शुक्ल प्रतिपदासँगै वासन्ती नवरात्र (चैते दसैँ) पनि शुरू भएको छ। चैत शुक्ल प्रतिपदादेखि नवमीसम्म वासन्ती नवरात्र मनाइन्छ। यस अवसरमा देवीपीठमा पूजाआराधना गर्ने श्रद्धालु बढेका छन्।
यसैगरी इस्लाम धर्मावलम्बीले पनि शुक्रबार नै पवित्र रमजान महिनाको रोजा व्रत शुरू गरेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
