ललितपुर मेयर्स महिला कपमा सुदूरपश्चिममाथि एपीएफ १५ रनले विजयी भएको छ भने अर्को खेलमा कोशी प्रदेशले ललितपुर मेयर्स ११ लाई ७ विकेटले पराजित गरेको छ।
काठमाडौँ– कप्तान सीता रानामगरको अर्धशतकमा विभागीय टोली एपीएफले ललितपुर मेयर्स महिला कपमा लगातार दोस्रो जित हात पारेको छ। शुक्रबार सम्पन्न दिनको दोस्रो खेलमा एपीएफले सुदूरपश्चिम प्रदेशलाई १५ रनले पराजित गरेको हो।
एपीएफले दिएको १२१ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १०६ रनमा समेटियो।
सुदूरपश्चिमकी ओपनर कविता कुँवरले अर्धशतकीय इनिङ्स खेलिन्। उनले ६० बलमा ३ चौका र २ छक्कासहित ५१ रन बनाइन्।
यस्तै, मध्यक्रमकी कविता जैशीले १७ बलमा २ चौका र १ छक्कासहित अविजित २६ रन बनाइन्। सम्झना खड्काले १७ र स्नेहा महराले २ रनको योगदान दिइन्।
एपीएफकी सुमन विष्टले २ विकेट लिइन्। सीता रानामगर र इन्दु बर्माको नाममा १/१ विकेट रह्यो।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको एपीएफले निर्धारित २० ओभरमा २ विकेट गुमाएर १२१ रन बनाएको थियो।
एपीएफकी कप्तान सीता रानामगरले अविजित रहँदै अर्धशतकीय इनिङ्स खेलिन्। उनले ५९ बलमा ७ चौका प्रहार गरिन्। यस्तै, इन्दु बर्माले ३७ बलमा ५ चौकासहित अविजित रहँदै ४५ रन बनाइन्।
उनीहरूबीच दोस्रो विकेटका लागि ८० रनको साझेदारी भएको थियो। ओपनर ज्योति पाण्डे १३ रनमा आउट हुँदा ममता चौधरी ३ रनमा अविजित रहिन्। सुदूरपश्चिमकी ईश्वरी विष्टले १ विकेट लिइन्।
बिहीबार भएको पहिलो खेलमा कप्तान सीताको अलराउन्डर प्रदर्शनमा एपीएफले मधेश प्रदेशलाई १० विकेटले पराजित गरेको थियो। जितसँगै एपीएफले २ खेलबाट ४ अंक जोडेको छ। एपीएफ अंक तालिकाको शीर्ष स्थानमा छ।
पराजित सुदूरपश्चिम २ खेलबाट २ अंकसहित तेस्रो स्थानमा छ।
कोशीको विजयी शुरूआत
शुक्रबार नै सम्पन्न पहिलो खेलमा कोशी प्रदेशले ललितपुर मेयर्स ११ लाई ७ विकेटले पराजित गरेको छ।
ललितपुरले दिएको ६६ रनको लक्ष्य कोशीले १२ ओभरमा ३ विकेट गुमाउँदै पूरा गरेको हो।
कोशीकी शीर्षक्रमकी अप्सरा बेगमले अविजित रहँदै २९ रन बनाइन्। उनले ३२ बलमा ४ चौका प्रहार गरिन्। कप्तान तथा ओपनर रूविना क्षेत्री बेलबासेले १३ र स्मृति कटुवालले ९ रन बनाइन्।
ललितपुरकी अस्मिना कर्माचार्यले २ विकेट लिइन्। कृतिका मरासिनीको नाममा १ विकेट रह्यो।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको ललितपुरले १६.५ ओभरमा सबै विकेट गुमाउँदै ६५ रन बनायो। ललितपुरकी ओपनर लक्ष्मी चौधरीले सर्वाधिक २३ रन बनाइन्। उनले ३२ बलमा ३ चौका प्रहार गरिन्। तल्लोक्रमकी मनिषा उपाध्यय १० रनमा अविजित रहिन्।
कोशीकी निशा शाहले ३ र अप्सरा बेगमले २ विकेट लिइन्। अलिशा खडिया र सबनाम राईको नाममा १/१ विकेट रह्यो।
जितसँगै कोशीले २ अंक जोडेको छ। कोशी सुदूरपश्चिमलाई नेटरनरेटले पछाडि पार्दै अंक तालिकामा दोस्रो स्थानमा छ।
ललितपुरको जारी प्रतियोगितामा यो लगातार दोस्रो हार हो। पहिलो खेलमा ललितपुर सुदूरपश्चिमसँग ५१ रनले पराजित भएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
