फुटबलको सर्वोच्च निकाय फिफाले शुक्रबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १००औँ स्थानमा छ।
काठमाडौँ– नेपाली राष्ट्रिय महिला टोलीको विश्व वरीयतामा सुधार भएको छ। फुटबलको सर्वोच्च निकाय फिफाले शुक्रबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालले ३ स्थान सुधार गरेको हो।
नयाँ वरीयतामा नेपाल १००औँ स्थानमा छ। यसअघि नेपाल १०३औँ स्थानमा थियो। एशियाली राष्ट्रको वरीयतामा भने नेपाल २०औँ स्थानमा रहेको छ। दक्षिण एसियाली वरीयतामा भने नेपाल दोस्रो स्थानमा रहेको छ।
नेपालभन्दा अगाडि भारत ६१औँ स्थानमा रहेको छ। नेपालभन्दा पछाडि बंगलादेश १४०औँ, श्रीलंका १५५औँ, मालदिभ्स १५९औँ, पाकिस्तान १६१औँ र भुटान १७८औँ स्थानमा रहेको छ।
विश्व वरीयतामा नेपाल अमेरिका शीर्ष स्थानमा यथावत् छ। जर्मनी दोस्रो, स्विडेन तेस्रो, इंग्ल्यान्ड चौथो, फ्रान्स पाँचौँ, क्यानडा छैटौँ, स्पेन सातौँ, नेदरल्यान्ड्स आठौँ, ब्राजिल नवौँ र अस्ट्रेलिया १०औँ स्थानमा छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
