युरोकप २०२४ को छनोट खेलमा पोर्चुगलले लिचेस्टाइन तथा इंग्ल्यान्डले इटालीलाई पराजित गर्दै विजयी शुरूआत गरेका छन्।
काठमाडौँ– युरोकप २०२४ को छनोट खेलमा पोर्चुगल र इंग्ल्यान्डले विजयी शुरूआत गरेका छन्।
गएराति घरेलु मैदानमा पोर्चुगलले लिचेस्टाइलाई ४–० ले स्तब्ध पार्यो। पोर्चुगलको जितमा कप्तान क्रिस्चियानो रोनाल्डोले २ तथा जोओ क्यान्सेलो र बर्नाडो सिल्भाले १/१ गोल गरे।
खेलको आठौँ मिनेटमा क्यान्सेलोको गोलबाट पोर्चुगलले अग्रता लिएको थियो। ४७औँ मिनेटमा सिल्भाले गोल गर्दै अग्रता दोब्बर पारे।
५१औँ मिनेटमा रोनाल्डोले पेनाल्टीमा गोल गरे। ६३औँ मिनेटमा रोनाल्डोले फ्रिकिकमार्फत गोल गर्दै पोर्चुगलको सानदार जित पक्का गरे।
अर्को खेलमा इंग्ल्यान्डले इटालीलाई पराजित गरेको छ। अर्मान्डो म्याराडोना स्टेडियममा घरेलु टोली इटाली २–१ ले पराजित भएको हो।
इंग्ल्यान्डको जितमा डिक्लन राइस र कप्तान ह्यारी केनले गोल गरे। इटालीका माटियो रेटेगुईले एक गोल फर्काए।
१३औँ मिनेटमा राइसको गोलबाट इंग्ल्यान्डले घरेलु टोलीविरुद्ध अग्रता लिएको थियो। ४४औँ मिनेटमा केनले पेनाल्टीमार्फत गोल गर्दै २–० अग्रता दोब्बर पारे।
५६औँ मिनेटमा इटालीका रेटेगुईले गोल गर्दै खेलमा फर्कने संकेत गरे। ८०औँ मिनेटमा लुका शा दोहोरो पहेलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि इंग्ल्यान्ड १० खेलाडीमा समेटिएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
