पेन्टागनले गरेको अध्ययनले अमेरिकी वायुसेनाका पाइलटमा क्यान्सरको दर उच्च रहेको देखाएको छ। चालक दलका सदस्यमा छालाको क्यान्सरको दर ८७ प्रतिशत र थाइरोइड क्यान्सरको ३९ प्रतिशत पाइएको छ।
अमेरिकी वायुसेनाका पाइलटमा क्यान्सरको दर उच्च रहेको पेन्टागनको एक अध्ययनले देखाएको छ। वायुसेनाका विमानमा इन्धन भर्ने, मर्मत सम्भारसहितका काममा संलग्न अधिकांश कर्मचारीमा पनि क्यान्सरको पहिचान भएको पाइएको छ।
अवकाशप्राप्त सैनिकहरूले यसअघि क्यान्सरबाट पीडित अमेरिकी वायुसेनाका पाइलट र चालक दलका सदस्यको तथ्यांक संकलन गरेका थिए, जसले चिन्ताजनक स्थितिबारे सचेत बनाएको थियो। यद्यपि, त्यतिबेला सैन्य शिक्षा पढिरहेका सामान्य अमेरिकी नागरिक जोखिममा नरहेको बताइएको थियो।
पछिल्लो पटक पेन्टागनले ठूलो संख्यामा नमुना संकलन गरेर अध्ययन गर्दा वायुसेनाका पाइलट, विमानस्थलमा काम गर्ने कामदारसम्ममा क्यान्सरको उच्च दर रहेको पत्ता लागेको हो। पेन्टागनले सन् १९९२ देखि २०१७ भित्र सैन्य विमानमा काम गरेका लगभग नौ लाख सदस्यहरूको स्वास्थ्य अवस्थाबारे एक वर्ष लामो अध्ययन गरेको थियो।
अध्ययनका क्रममा सैन्य विमान चालक दलका सदस्यमा छालाको क्यान्सर (मेलानोमा) दर ८७ प्रतिशत र थाइरोइड क्यान्सरको ३९ प्रतिशत पाइएको छ। जसमा पुरुषहरूमा प्रोस्टेट (मुत्रासयको नली आसपासको ग्रन्थि) क्यान्सरको दर १६ प्रतिशत र महिलाहरूमा स्तन क्यान्सरको दर १६ प्रतिशतसम्म रहेको पाइएको छ। यस्तै, समग्रमा चालक दलसहितका कर्मचारीमा सबै प्रकारको क्यान्सरको दर २४ प्रतिशत भेटिएको छ।
यस्तै, अध्ययनअनुसार ग्राउन्ड क्रुहरूमा मस्तिष्कको क्यान्सरको तर १९ प्रतिशत र स्नायु प्रणालीको १९, थाइरोइडको १५, मिर्गौलाको नौ प्रतिशत र महिलाहरूमा स्तन क्यान्सरको सात प्रतिशत र सबै प्रकारको क्यान्सरको दर तीन प्रतिशत रहेको छ। अध्ययनलाई आधार मान्दा चालक दल र मैदानका सबै कर्मचारीहरूमा फोक्सो, आमाशय र कोलोन क्यान्सर कम पाइएको थियो।
पेन्टागनले उमेर, लिंग र वर्गका आधारमा सामान्य अमेरिकी जनसंख्या र सैन्य सेवाका कर्मचारीबीच तुलना गरेको थियो। यो अध्ययन अहिलेसम्मकै बृहत् र व्यापक भएको पेन्टागनको भनाइ छ।
यसअघिको अध्ययनले सैन्य सेवाका केही पाइलटमा मात्रै क्यान्सर लाग्ने उच्च दर देखाएको थियो, तर हालैको अध्ययनले पाइलटसहित सैन्य सेवाका अधिकांश कर्मचारीमा क्यान्सर दर उच्च रहेको देखाएको हो।
क्यान्सरका सम्भावित कारण छुटाउनु अप्ठ्यारो काम भएको भन्दै पेन्टागनले बृहत् समीक्षाको आवश्यक औँल्याएको छ। “अमेरिकी सैन्य सेवाको हवाई क्षेत्रले क्यान्सर निम्त्याउँछ भन्ने कुराको पूर्ण संकेत गर्दैन, किनकि यहाँ यस्ता कैयौँ भ्रामक कारणहरू पनि छन्, जसले यस विश्लेषणलाई नियन्त्रण गर्न सक्दैन; जस्तै, पारिवारिक पृष्ठभूमि, धूम्रपान र मद्यपानको प्रयोग,” पेन्टागनले भनेको छ।
यद्यपि, उड्डयन क्षेत्रका कर्मचारीले पेन्टागनलाई क्यान्सर लाग्नुको वातावरणीय कारक तत्त्व पत्ता लगाउन आग्रह गरेका थिए। अध्ययनमा सन् १९९० भन्दा अघिका घटना र पात्रहरू समावेश नगरिएकाले यकिन कारणबारे पत्ता नलागेको, तर पेन्टागनको दोस्रो चरणको अध्ययनमा यसको कारण छुटाउने बताइएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
