एकीकृत समाजवादीले सरकारमा सहभागी हुनेबारे छलफल गर्न पार्टी अध्यक्ष माधव नेपालको नेतृत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको छ।
काठमाडौँ– नेकपा एकीकृत समाजवादीले सरकारमा सहभागी हुने विषयमा छलफल गर्न पार्टी अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा तीन सदस्यीय कार्यदल बनाएको छ।
मंगलबार पार्टी केन्द्रीय कार्यालयमा बसेको पार्टीको सचिवालय बैठकले अध्यक्ष नेपालको नेतृत्वमा उपाध्यक्ष प्रमेस हमाल र महासचिव घनश्याम भुसालसहितको तीन सदस्य कार्यदल गठन गरेको हो।
बैठकपछि उपमहासचिव जगन्नाथ खतिवडाले पार्टी सत्तापक्षमा बसिसकेको र सरकारमा जानेबारे छलफल भएको बताए। "सरकारमा जाने विषयमा निर्णय भएको छ। पार्टी सत्ता पक्षमा बसिसकेको छ। प्रधानमन्त्रीलाई विश्वासको मत दिइसकेको छ," उनले भने।
उपमहासचिव खतिवडाले बैठकमा सरकारमा जाँदा कस्ता नीति कार्यक्रम लिएर जाने भन्ने बारेमा पनि छलफल भएको बताए। कार्यदलले कुन ढंगले सरकारमा सहभागी हुने भन्नेबारे सचिवालयलाई प्रस्ताव दिने उनको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
