दशरथ रंगशालामा हुने प्रतियोगितामा नेपालसहित भुटान र लाओसको सहभागिता छ। फाइनल खेल चैत १७ गते हुनेछ।
काठमाडौँ– बुधबारदेखि दशरथ रंगशालामा हुने प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिता खेल्ने नेपाली टोलीको घोषणा भएको छ।
मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसेले मंगलबार २३ सदस्यीय टिम घोषणा गरेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ।
टोलीमा ७ जना नयाँ अनुहार छन्। अभिषेक बराल, सनिश श्रेष्ठ, पदम भट्टराई, मणिकुमार लामा, सुमित श्रेष्ठ, नवीन लामा र दीपकराज सिंह ठकुरीले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका हुन्।
बुधबार शुरू हुने प्रतियोगितामा नेपाल, भुटान र लाओसको सहभागिता छ। घरेलु मैदानमा नेपालले बुधबार लाओससँग खेल्दै प्रतियोगिताको शुरूआत गर्दै छ। भुटान र लाओसको टोली नेपाल आइसकेका छन्
प्रतियोगिताको फाइनल खेल चैत १७ गते हुनेछ। विजेताले ५ हजार र उपविजेताले ३ हजार डलर पाउने एन्फाले जनाएको छ।
नेपाली टिम–
गोलरक्षक: किरण कुमार लिम्बू, दीप कार्की र अभिषेक बराल
डिफेन्डर: सनिश श्रेष्ठ, आदित्य चौधरी, अनन्त तामाङ, निशान्त खड्का, विकास तामाङ र पदम भट्टराई
मिडफिल्डर: पुजन उपरकोटी, एरिक विष्ट, मणिकुमार लामा, नविन लामा, सनिस श्रेष्ठ र कमल थापा रोहित चन्द, भरत खवास
स्ट्राइकर: मनिष डाँगी, दिपकसिंह ठकुरी, आशिष चौधरी, आयूष घलान, नवयुग श्रेष्ठ, अन्जन विष्ट र सुमित श्रेष्ठ
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
