एमालेले मानवअधिकार र सामाजिक न्यायलाई आफ्नो सैद्धान्तिक निष्ठाका रूपमा आत्मसात् गरेको ओलीको भनाइ छ।
काठमाडौँ– एमाले अध्यक्ष केपी शर्मा ओलीले जातिभेद, रंगभेद तथा छुवाछूतको अमानवीय प्रथालाई सामाजिक रूपमा अन्त्य गर्न सबै आ–आफ्नो ठाउँबाट सक्रिय हुन आग्रह गरेका छन्।
मंगलबार ५८औँ अन्तर्राष्ट्रिय जातिभेद उन्मुलन दिवसको शुभकामना सन्देश दिँदै ओलीले जातिय छुवाछूत तोड्नका लागि समाजका सबै तप्काबाट जागरण अभियान चलाउन आवश्यक रहेको बताए।
“कानूनी रूपमा वर्जित भए पनि छुवाछूत जस्तो अमानवीय प्रथा अन्त्य हुनसकेको छैन। यसलाई तोड्नका लागि समाजका सबै तप्काबाट जागरण अभियान चलाउन आवश्यक छ,” ओलीद्वारा जारी सन्देशमा भनिएको छ।
पार्टीले मानवअधिकार र सामाजिक न्यायलाई आफ्नो सैद्धान्तिक निष्ठाका रूपमा आत्मसात् गरेको ओलीको भनाइ छ। “एमाले जात, जाति, वर्ग, वर्ण, लिंग, धर्म, सस्कृतिलगायत आधारमा गरिने विभेद र शोषणको विरुद्ध लड्दै आएको पार्टी हो,” अध्यक्ष ओलीले भने, “हामी सरकारमा हुँदा छुवाछूतबाट पीडित र प्रताडितको आर्थिक सबलीकरण र सामाजिक मर्यादाका लागि नीतिगत सुधारमा नेतृत्वदायी भूमिका खेलेका छौँ।”
एमालेको सरकारले आवासविहीन दलित र भूमिहीनका लागि आवास र भूमिको व्यवस्था गर्ने काम अघि बढाएको ओलीको भनाइ छ।
संयक्त राष्ट्रसंघले सन् १९६५ मा जातीय विभेद उन्मूलनसम्बन्धी महासन्धि पारित गरी जाति तथा रंगभेद उन्मूलन दिवसका रूपमा मनाउने घोषणा गरेको थियो।
सो महासन्धिलाई सन् १९७१ मा नेपालले अनुमोदन गरेको थियो। सन् १९६६ देखि प्रत्येक वर्ष मार्च २१ तारिखमा दिवस मनाउने गरिन्छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
