एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले सत्ता गठबन्धन आगामी पाँच वर्ष नै टिकेर देशलाई समृद्धितर्फ अग्रसर बनाउने बताएका छन्।
काठमाडौँ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अहिलेको सत्ता गठबन्धन पाँच वर्ष नै टिक्ने दाबी गरेका छन्।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले अहिलेको गठबन्धन आगामी पाँच वर्ष नै टिकेर देशलाई समृद्धितर्फ अग्रसर बनाउने बताएका हुन्। उनले वैशाखमा विश्वासको मत फेरि लिनुपर्ने होइन भन्ने प्रश्न उठिरहेको भन्दै त्यो प्रश्न गर्नु अस्वाभाविक नरहेको बताए।
"फेरि वैशाखको अर्को हप्तामा विश्वासको मत लिनुपर्ने त होइन भन्ने कुरा उठेको छ। यो आशंका गर्नु अस्वाभाविक होइन, तर त्यो अवस्था आउँदैन। यो गठबन्धन पाँच वर्ष नै टिक्छ, राज्यका सबै समस्याको समाधान गरेर अघि बढ्छ," उनले भने।
अध्यक्ष नेपालले नेपालको राजनीति कसरी अघि बढ्छ भन्नेमा आफू परिचित रहेको भन्दै राजनीतिक यात्राका बारेमा आफूलाई राम्रोसँग हेक्का रहेको जिकिर गरे। "नेपालको राजनीतिक यात्रा कस्तो हुन्छ भन्ने हेक्का मलाई पनि छ। हाम्रो घटकहरूसँगको सहकार्यलाई हेर्दा यो टिकाउ हुन्छ भन्ने विश्वास छ," उनले भने।
उनले आफ्नो पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई विश्वासको मत दिने बताएका छन्।
उनले नेपालले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंको विकल्प भएकाले तत्काल काम शुरू गर्न सरकारसँग आग्रह गरे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
