नेपालले नवनियुक्त मुख्यप्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसको प्रशिक्षणमा प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिता खेल्नेछ।
काठमाडौँ– काठमाडौँमा आयोजना हुने प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिता लागि भुटान र लाओसको टोली सोमबार आइपुग्ने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार दुवै टोली सोमबार काठमाडौँ आइपुग्ने भएका हुन्।
भुटानको टोली सोमबार बिहना ७:५५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने एन्फाले जनाएको छ। यस्तै, लाओसको टोली भने बिहान ११:२५ बजे आइपुग्ने छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने सिंगल राउन्ड रोबिनको प्रतियोगिता चैत ८ देखि १७ गतेसम्म हुँदैछ।
प्रतियोगिताको अंक तालिकाको शीर्ष दुई टोलीले उपाधिका लागि चैत १७ गते खेल्ने छन्। पहिलो खेलमा आयोजक नेपालले लाओससँग खेल्ने छ। खेल चैत ८ गते हुने छ। चैत ११ गते भुटान र लाओस भिड्ने छन्। चैत १४ गते नेपाल र भुटान भिड्ने एन्फाले जनाएको छ।
नेपालले नवनियुक्त मुख्यप्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसको प्रशिक्षणमा प्रतियोगिता खेल्नेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
