अध्ययनका क्रममा गुडियाजस्तै देखिने रोबोटबाट सहभागीले कम अपेक्षा राखेको पाइयो भने बच्चाजस्तो देखिने रोबोटप्रतिको अपेक्षा र वास्तविक मेल नखाएको भेटियो।
रोबोटको बनोट र स्वरूपले मान्छेको मानसिकतालाई प्रभावित गर्ने अनुसन्धानका क्रममा पत्ता लागेको छ। अध्ययन क्याम्ब्रिज विश्वविद्यालयले गरेको हो। रोबोटहरूको बनोट कस्ता छ भन्ने कुराले हाम्रो मानसिकतालाई प्रभाव पर्ने अध्ययनका क्रममा खुलेको हो।
अध्ययनमा २६ जना कर्मचारीलाई समावेश गरिएको थियो। उनीहरूलाई चार सातासम्म साप्ताहिक रूपमा रोबोटसँग साक्षात्कार गर्न लगाइएको थियो। अध्ययनका क्रममा क्यूटी र मिस्टी नामका दुई रोबोटसँग कर्मचारीहरूले भलाकुसारी गरेका थिए। क्युटी रोबोट मानिसको बच्चाजस्तो देखिने ९० सेन्टिमिटर अग्लो थियो भने मिस्टी नामको ३६ सेन्टिमिटर अग्लो रोबोट गुडियाजस्तो थियो।
अध्ययनका क्रममा गुडियाजस्तै देखिने रोबोटबाट मानिसले कम अपेक्षा राखेको पत्ता लाग्यो। सहभागीहरूले त्यो रोबोटसँग कुराकानी गर्न र ऊसँग नजिकिन सहज महसुस गरेको बताएका थिए।
यस्तै, मानिसको बच्चाजस्तो देखिने रोबोटबाट सहभागीहरूको अपेक्षा र वास्तविक मेल नखाएको पाइएको थियो। रोबोटले मानिसले जस्तो व्यवहार र अन्तरक्रिया नगरेको उनीहरूको गुनासो थियो।
अध्ययनका क्रममा रोबोटको विशेष प्रकारको आवाज, अनुहारको हाउभाउ, भौतिक उपस्थितिले मानिसलाई कसरी आकर्षण गर्यो र उनीहरूमा कसरी फरक सोच आयो भन्ने कुरा जान्न खोजिएको थियो। सो क्रममा मानिसजस्तो देखिनेभन्दा खेलौनाजस्तो रोबोटसँग सहभागीहरू आत्मीय देखिएका थिए।
अनुसन्धानकर्ताहरूका अनुसार सामान्यतया रोबोटप्रतिका धारणाहरू लोकप्रिय संस्कृतिद्वारा निर्देशित हुन्छन्। चलचित्र, टिभी कार्यक्रम र पुस्तकमा प्रस्तुत गरिने रोबोटले मानिसले कल्पना गर्ने बित्तिकै सबै कुरा गर्न सक्छन्। तर, वास्तविक संसारमा रोबोटसँगको साक्षात्कारमा यी अपेक्षा पूरा हुँदैनन्।
अध्ययन प्रतिवेदनकी सहलेखक मिन्जा एक्सेल्सन भन्छिन्, “यस्ता धारणाले रोबोट कस्तो देखिनुपर्छ भन्ने कुरा निर्धारण गर्छ। यसको व्यवहार कस्तो हुनुपर्छ भन्ने कुराले यिनीहरूको उपयोग क्षेत्रमा रोबोटिक्सको प्रयोगमा अवरोध आउन सक्छ।”
यस्तै, क्याम्ब्रिजका कम्प्युटर साइन्स एन्ड टेक्नोलोजी विभागका प्रोफेसर ह्याटिस गुन्सलेका अनुसार प्राकृतिक रूपमै कुराकानी गर्न सक्ने क्षमताको रोबोट बनाउन निकै अप्ठ्यारो छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
