कारोबारमा आएका २५९ कम्पनीको ३१ लाख ६३ हजार कित्ता सेयर १ अर्ब ६ करोड ९८ लाख ४ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ।
काठमाडौँ– साताको पहिलो कारोबार दिन सेयर बजार परिसूचक नेप्सेमा सामान्य अंकको गिरावट आएको छ।
आइतबार नेप्से परिसूचक ६.९० अंक घटेर १९२६.४० बिन्दुमा झरेको हो। सेन्सेटिभ इन्डेक्स १.५२ अंकले घटेको छ भने फ्लोट इन्डेक्स ०.५८ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.६६ अंकले घटेको छ।
कारोबारमा आएका २५९ कम्पनीको ३१ लाख ६३ हजार कित्ता सेयर १ अर्ब ६ करोड ९८ लाख ४ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ। अघिल्लो कारोबारको तुलनामा आइतबार कारोबार रकममा समेत गिरावट आएको छ। बिहीबार नेप्सेमा १ अर्ब १४ करोडको सेयर खरिदबिक्री भएको थियो।
नेप्सेका १३ उपसमूहमध्ये पाँच उपसमूहको परिसूचक बढेको छ भने आठ उपसमूहको परिसूचक घटेको छ। जसमा होटल तथा पर्यटन, जलविद्युत्, लगानी, निर्जीवन बिमा र व्यापार उपसमूहको परिसूचक बढेको छ भने उत्पादन तथा प्रशोधन, लघुवित्त र म्युचुअल फन्ड उपसमूहको परिसूचक घटेको छ।
नेप्से परिसूचकमा गिरावट आए पनि मानुषी लघुवित्त, युनिक नेपाल लघुवित्त र शुभम् पावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यता, सानिमा ग्रोथ फन्डको इकाई मूल्य ८.५६ प्रतिशत घटेको छ। हिमालयन डिस्टिलरी कम्पनीको ६ करोडभन्दा बढीको सेयर कारोबार भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
