मुस्ताङ आउने धेरै पर्यटक मुक्तिनाथ र कतिपय कोरला नाकासम्म नै पुगेर फर्कन्छन्। भौगोलिक विविधताले सम्पन्न मुस्ताङ धार्मिक र पदयात्रा रुचाउने पर्यटकको आकर्षक गन्तव्य हो।
मुस्ताङमा पर्यटक आगमन बढेको छ। चिसोका कारण दुई महिनाभन्दा बढी सुनसान बनेको जिल्लामा फागुन तेस्रो सातापछि पर्यटकको आगमन बढेको ल्होघेकर दामोदरकुण्ड गाउँपालिका–३ का वडाध्यक्ष भब्याङतेन्जिङ गुरुङले जानकारी दिए।
“चिसो छल्न झरेका मुस्ताङीहरू फर्कन थालेका छन्,” उनले भने, “हिउँमा रमाउन पर्यटकहरू पनि आउन थालेका छन्।” मुस्ताङको यात्रा गर्ने धेरै पर्यटक मुक्तिनाथसम्म पुग्छन् भने कतिपय नेपाल र चिनबीचको कोरला नाकासम्म पुगेर फर्कन्छन्। भौगोलिक विविधताले सम्पन्न मुस्ताङ धार्मिक र पदयात्रा पर्यटनको आकर्षक गन्तव्य हो। यहाँको भौगोलिक विविधताले जो–कोहीलाई लोभ्याउने गरेको वडाध्यक्ष गुरुङले बताए।
पछिल्लो समय पर्यटक लक्षित पूर्वाधार निर्माणको क्रम पनि बढेसँगै यो क्षेत्र स्वदेशी एवं विदेशी पर्यटकको रोजाइमा परेको छ। चार दशक अघिसम्म मुक्तिनाथ मन्दिरमा जाने यात्रुले होटल अभावमा पाटी पौवामा बस्नुपर्ने बाध्यता थियो। अहिले भने ल्होमन्थाङसम्म सुविधासम्पन्न होटेल बनिसकेका छन्।
विगतको मुस्ताङमा आउँदा पौवा र ठाँटी, भेँडीगोठमा बस्नुपर्ने बाध्यतालाई सुविधासम्पन्न होटलले अन्त्य गरिदिएको स्थानीय रामकुमार थकालीले बताए। मुस्ताङका ठिनी, स्याङलगायत गाउँमा स्थानीयले घरबास (होमस्टे) पनि सञ्चालनमा ल्याएका छन्।
उपल्लो मुस्ताङको ल्होमन्थाङमा पर्यटकको चहलपहल बढिरहेको अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) ल्होमन्थाङका निमित्त प्रमुख रामबहादुर गुरुङले जानकारी दिए। ल्होमन्थाङलाई माटाको शहरका रूपमा लिइन्छ।
एउटै पर्खालभित्र १८० वटा घर रहेको ल्होमन्थाङमा मुस्ताङी राजको दरबारसमेत छ। उपल्लो मुस्ताङमा भएका गुफा तथा गुम्बा हेर्नका लागि पनि पर्यटक आउने गरेको झोङका मिककुमार गुरुङ बताए।
“झोङमा रहेको ऐतिहासिक गुफाले यहाँ आउने जो–कोहीलाई लोभ्याउने गरेको छ,” उनले भने, “पाँच तला र १०८ कोठा रहेको गुफा उपल्लो मुस्ताङको महत्त्वपूर्ण गन्तव्य हो।”
कोरोना त्रासका कारण यहाँको पर्यटनमा असर परेको थियो। कोरोना प्रभावित पर्यटनलाई पूर्ववत् अवस्थामा फर्काउन स्थानीय पालिकासँगै पर्यटनसम्बद्ध संघसंस्थाले पनि कार्यक्रम अघि बढाएका छन्।
मुस्ताङमा हालै पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान)ले प्रवर्द्धनात्मक कार्यक्रम गरेको टेवानका अध्यक्ष कमला गिरीले जानकारी दिइन्। डिजिटल मार्केटिङ, स्थानीय उत्पादनको ब्रान्डिङलगायत विषयमा युवा तथा महिला व्यवसायीलाई तालिमसमेत प्रदान गरिएको उनको भनाइ छ।
मुक्तिनाथ मन्दिरमा दर्शनार्थी आउने क्रम बढिरहेको पुजारी कृष्णप्रसाद सुवेदीले जानकारी दिए। कुच्छप तोरंगा महिला लघुउद्यम समूहका अध्यक्ष श्यामु थकालीले पर्यटकको आगमन बढ्दा स्थानीय उत्पादनको व्यापार पनि बढ्ने बताइन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
