काठमाडौँ उपत्यकामा ६६ हजार ५०० र उपत्यकाबाहिर ९५ हजार ५०० विद्यार्थी निर्वाचनमा सहभागी हुँदै छन्। दुई आंगिक र सयभन्दा बढी सम्बन्धन प्राप्त क्याम्पसमा निर्विरोध भइसकेको छ।
काठमाडौँ– त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुँदै छ।
४८ वटा आंगिकसहित सामुदायिक क्याम्पसमा हुने निर्वाचनको तयारी पूरा भएको त्रिविले जनाएको छ। बिहान ८ देखि अपराह्न ४ बजेसम्म मतदान हुने त्रिविका स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्यसचिव पशुपति अधिकारीले बताए।
केही क्याम्पसमा भने अवरोधका कारण निर्वाचन स्थगित भएको छ। काठमाडौँ उपत्यकाका २२ आंगिक क्याम्पसमा ६६ हजार ५०० र उपत्यकाबाहिर ९५ हजार ५०० विद्यार्थी निर्वाचनमा सहभागी हुने समितिले जनाएको छ।
दुई आंगिक र सयभन्दा बढी सम्बन्धन प्राप्त क्याम्पसमा निर्विरोध भइसकेको अधिकारीले बताए। नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, अखिल क्रान्तिकारीलगायत राजनीतिक पार्टी निकटका विद्यार्थी संगठनले प्यानल बनाएर उम्मेदवारी दिएका छन्।
विद्यार्थीहरूले स्वतन्त्र रूपमा पनि उम्मेदवारी दिएका छन्। अधिकारीका अनुसार पछिल्लोपटक २०६५ मा स्ववियु निर्वाचन भएको थियो। २०७३ मा केही क्याम्पसमा भए पनि अधिकांश क्याम्पसमा हुन सकेको थिएन।
२०० सम्म विद्यार्थी हुने क्याम्पसमा ११, एक हजारसम्म विद्यार्थी भएकामा १५, तीन हजारसम्म विद्यार्थी हुँदा १९ र सोभन्दा माथि विद्यार्थी भएका क्याम्पसमा २१ सदस्यीय स्ववियु कार्यसमिति रहने व्यवस्था छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
