सभामुख देवराज घिमिरेले व्यवसायमैत्री कानून निर्माणका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
काठमाडौँ– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले व्यवसायमैत्री कानून निर्माणका लागि सहयोग गर्न आफू सधैँ तयार रहेको बताएका छन्। उनले उद्योग व्यवसायमैत्री कानून निर्माण गर्नका लागि राजनीतिक दलहरू र सांसदसँग सहजीकरण गर्न पनि आफू लागी पर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।
शनिबार ललितपुर उद्योग वाणिज्य संघले आफ्नो स्थापना दिवसको अवसर पारेर आयोजना गरेको एक कार्यक्रममा बोल्दै सभामुख घिमिरेले भने “कानूनको अभाव रहेको भए वा व्यवसायमैत्री कानूनहरू बनाउनु पर्दा तपाईंहरूले सुझाव दिन सक्नु हुनेछ। त्यसका लागि म जहिले पनि तयार रहनेछु।”
मुलुकभित्रै उत्पादन वृद्धि गर्ने, रोजगारी सिर्जना गर्ने, नेपालमा हुने आयात प्रतिस्थापन गरी निर्यात बढाउनका लागि कानूनको अभाव हुन नदिन आफू सचेत रहेको बताए। व्यापार गरी नाफा कमाउनु व्यवसायीको धर्म भए पनि सामाजिक उत्तरदायित्व बहन गरी मुलुकको दिगो विकासमा अझै बढी योगदान पुर्याउन उनले आग्रह गरे।
सभामुख घिमिरेले मुलुकको अर्थतन्त्रलाई सही बाटोमा अघि बढाउनका लागि सम्बन्धित सबै पक्षले सामूहिक प्रयास गर्नुपर्ने आवश्यकता औँल्याए। “नेपालको अर्थतन्त्र ब्याजदरका कारण समस्यामा परेका बारे सबै जानकार नै छौँ। ब्याजदरले पुँजीको लागत बढाउने र समग्र अर्थतन्त्र नै खलबलिने भएकाले अर्थतन्त्रलाई गतिशील बताउन सबैले प्रयत्न गर्यौँ भने, ठीक बाटोमा आउने छ। त्यो कुरामा सबैको ध्यान जाओस्,” उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
