नेपाल–भारत विद्युत् आदानप्रदान समितिको बैठकले एक महिनाभित्रमा विद्युत् निर्यातको मोडालिटी तय गर्ने निर्णय गरेको छ। यसबाट वर्षायाममा विद्युत् बिक्रीका लागि थप बजार सुनिश्चित हुने प्राधिकरणको भनाइ छ।
काठमाडौँ– नेपालमा उत्पादित विद्युत् भारतको विहारस्थित प्रसारण ग्रिडमार्फत अन्य राज्यमा निर्यातका लागि मोडालिटी बनाइने भएको छ।
नयाँ दिल्लीमा शुक्रबार सम्पन्न नेपाल–भारत विद्युत् आदानप्रदान समितिको बैठकले एक महिनाभित्रमा मोडालिटी तय गर्ने निर्णय गरेको हो।
“नेपालले विहारसँग प्रसारण लाइन जोडिएका विन्दुबाट भारतको केन्द्रीय ग्रिडसँग जोडिएर विद्युत् निर्यात गर्ने छ। यसका लागि एक महिनाभित्र दुवै पक्षले मोडालिटी टुंगो लगाउने छन्,” नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने, “यसबाट वर्षायाममा देशभित्र खपत गरी बढी भएको विद्युत् बिक्रीका लागि थप बजार सुनिश्चित भएको छ।”
विहारसँग कटैया (विहार)–कुशाहा (नेपाल) र रक्सौल–परवानीपुर १३२ केभी प्रसारण लाइन जोडिएका छन्।
फागुन पहिलो हप्ता सम्पन्न नेपाल–भारत ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको कटैया–कुशवा र रक्सौल–परवानीपुर १३२ केभी प्रसारण लाइनको दोस्रो सर्किट क्रमशः मार्च २०२३ र अप्रिल/मे २०२३ मा निर्माण गरिसक्ने निर्णय भएको थियो।
विद्युत् आदानप्रदान समितिको बैठकले आयात निर्यात हुने विद्युत्को प्रतियुनिट दर ११ रुपैयाँ ५४ पैसा नेपाली रुपैयाँ तय गरेको छ।
विद्युत् आदानप्रदान सम्झौताबमोजिम नेपाल विद्युत् प्राधिकरणले भारतको विहार, उत्तर प्रदेश र उत्तराखण्डबाट आवश्यक परेका बेलामा विद्युत् आयात गर्दै आएको छ।
प्राधिकरणले अन्य दुई राज्यको तुलनामा आवश्यक परेका बेला सबैभन्दा बढी विद्युत् विहारबाट आयात गर्दछ। नेपालसँग विहार र उत्तर प्रदेश मात्र १३२ केभी प्रसारण लाइनमा जोडिएका छन्।
प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले नेपालले चाहेका बेलामा विद्युत् लिने गरी नयाँ दर तय गरिएको र उक्त दर भारततर्फ निर्यात गर्दा पनि लागू हुने बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
