नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले देशभित्र उत्पादनमूलक उद्योगहरू स्थापना गरेर विद्युत् खपत बढाउनुपर्ने बताएका छन्।
काठमाडौँ– नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले विद्युत् व्यापार गर्ने बेला नभएको बताएका छन्। अध्यक्ष ओलीले भारतप्रति संकेत गर्दै ६ रुपैयाँ प्रतियुनिटमा विद्युत् बिक्री गरेर त्यसको दोब्बर मूल्य १२ रुपैयाँमा विद्युत् खरिद गर्न नहुने बताएका हुन्।
शुक्रबार काठमाडौँमा आयोजित नेपाल विद्युत् प्राधिकरण कर्मचारी युनियनको ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटनसत्रमा बोल्दै उनले भने, “ऊर्जा व्यापार, ऊर्जा बिक्री धेरै चिन्ताको विषय होइन। अहिले हाम्रो उपभोग क्षमता वृद्धिको आवश्यकता छ। त्यो बढाउनु पर्छ,” उनले भने।
भारतले आफ्नो बार्गेनिङ क्षमता माथि पार्न विद्युत् आवश्यक नभएको बताउने गरेकाले नेपाल भ्रममा पर्न नहुने उल्लेख गरे। “भारतले हाम्रो विद्युत् क्षमता आवश्यकताभन्दा बढी विकास भइसक्यो भन्ने कुरा गलत हो। होइन भने हाम्रो विद्युत् किन्ने थिएन। खाली हामीलाई बार्गेनिङ गर्नका लागि हो। त्यसकारण यो बार्गेनिङमा धेरै परिरहनुपर्ने आवश्यकता छैन,” उनले भने।
अध्यक्ष ओलीले देशभित्र उत्पादनमूलक उद्योगहरू स्थापना गरेर विद्युत् खपत बढाउनुपर्ने बताए। नेपालमा खपत भएर बाँकी रहेको विद्युत् मात्रै बिक्री गर्नुपर्ने उनको भनाइ छ।
त्यस्तै, अध्यक्ष ओलीले फरक प्रसंगमा मुलुकमा देशद्रोही अभियान चलाइरहँदा पनि सरकार कानमा तेल हालेर बसेको भन्दै आपत्ति जनाए। व्यवसायी दुर्गा प्रसाईंका देशद्रोही गतिविधिलाई सरकारले तत्काल नियन्त्रणमा नलिए जनताले त्यसको प्रतिकार गर्ने ओलीको चेतावनी थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
