प्रधानमन्त्री देउवाले नेपालको साहित्य, संस्कृति र राजनीतिको विभिन्न आयामको साक्षीको रूपमा जोशी रहेकाले उनलाई नेपाल राष्ट्र र नेपाली जनताले कहिल्यै पनि नबिर्सने बताए।
काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले संस्कृतिविद् सत्यमोहन जोशीका असल कार्यहरू देशका लागि शिक्षा, ज्ञान र प्रेरणा भएको बताएका छन्। प्रधानमन्त्री देउवाले जोशी नेपालको भाषा, साहित्य र संस्कृतिको क्षेत्रमा पुर्याएको योगदान र लेखेका कीर्ति संरक्षण र संवर्द्धन गर्दै मुलुकको विकास गर्न सके उनको साँचो अर्थमा कदर हुने पनि स्पष्ट पारे।
स्व. जोशीको १३औँ पुण्यतिथिको अवसर पारेर शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले संस्कृतिविद् जोशीलाई देशलाई माया गर्ने सच्चा देशभक्त व्यक्तित्वको रूपमा आफूले चिनेको पनि बताए।
प्रधानमन्त्री देउवाले नेपालको साहित्य, संस्कृति र राजनीतिको विभिन्न आयामको साक्षीको रूपमा जोशी रहेकाले उनलाई नेपाल राष्ट्र र नेपाली जनताले कहिल्यै पनि नबिर्सने बताए।
जोशीलाई नेपालको भाषा, साहित्य र संस्कृतिलाई माया गर्ने मुलुकको निधिको रूपमा चित्रण गर्दै उनले सरकारले त्यसैकारण उनलाई शताब्दी पुरुषको रूपमा सम्मान गरेको स्मरण गराए।
प्रधानमन्त्री देउवाले जोशीको निधनबाट मुलुकले ठूलो क्षति व्यहोर्नुपरेको उल्लेख गर्दै उनले राखेको कीर्ति र योगदानबाट सिकेर देशको विकासमा लागिपर्ने प्रतिबद्धतासमेत व्यक्त गरे।
"उहाँ (जोशी)को निधनबाट राष्ट्रलाई ठूलो क्षति पुगेको छ। उहाँले गरेका असल कार्य देशका लागि शिक्षा, ज्ञान र प्रेरणा भएका छन्। उहाँले राख्नुभएका कीर्ति र योगदान राष्ट्रको सम्पत्ति हो," उनले भने, "यो सम्पत्तिको संरक्षण, संवर्द्धन गर्दै विकासमा सबै मिलेर अघि बढन सके मात्रै उहाँको साँचो अर्थमा कदर हुनेछ।"
कार्यक्रममा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री जीवनराम श्रेष्ठले संस्कृतिविद् जोशीको चाहना पूरा गर्न नेपाल भाषालाई व्यावहारिक रूपमै प्रयोगमा ल्याउने कामलाई आफूले तत्काल अघि बढाउने प्रतिबद्धता व्यक्त गरे। उनले स्व. जोशीले नेपालको संस्कृतिको क्षेत्रमा पुर्याएको योगदानको सरकारले सदा कदर गर्ने पनि बताए।
कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले संस्कृतिविद् जोशीको व्यक्तित्व र कीर्तित्वको बारेमा चर्चा गरेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
