प्रधानमन्त्री दाहालले विभिन्न स्थानमा निर्माणाधीन क्रिकेट रंगशाला निर्माण तीव्रताका साथ अगाडि बढाउन आवश्यक प्रबन्ध गर्ने प्रतिबद्धता जनाएका छन्।
काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वकप क्रिकेटको क्वालिफायरमा प्रवेश गरेका नेपाली खेलाडीलाई जनही तीन लाख रुपैयाँ दिने घोषणा गरेका छन्।
खेलाडी र प्रशिक्षकलाई शुक्रबार बिहान सरकारी निवास बालुवाटारमा बधाई दिँदै प्रधानमन्त्रीले उक्त घोषणा गरेका हुन्।
“हिजो तपाईहरूले जसरी प्रदर्शन गर्नुभयो। त्यसबाट तपाईहरूले मात्र जित्नुभएको छैन। देशले जितेको छ। देशको स्वाभिमान उच्च भएको छ। राष्ट्रको गौरव बढेको छ,” प्रधानमन्त्री दाहालले भने, “आगामी दिनमा समेत तपाईहरूको प्रर्दशन थप राम्रो होस्।”
प्रधानमन्त्री दाहालले कीर्तिपुरस्थित क्रिकेट मैदानमा तत्काल आधुनिक फ्लडलाइट र स्कोर बोर्ड जडान गर्न राष्ट्रिय खेलकुद परिषद्लाई निर्देशन दिए।
उनले देशका विभिन्न स्थानमा निर्माणाधीन क्रिकेट रंगशाला निर्माण कार्य तीव्रताका साथ अगाडि बढाउन आवश्यक प्रबन्ध गर्ने प्रतिबद्धतासमेत जनाएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
