बेलायती दिएको अनुदानमा सरकारले केही रकम थपेर स्थानीय पूर्वाधारअन्तर्गतका कार्यक्रममा २० अर्ब आठ करोड लगानी गरिने छ।
काठमाडौँ– बेलायतले नेपाललाई स्थानीय पूर्वाधार विकास कार्यक्रमअन्तर्गत ९ करोड पाउन्ड (करिब १४ अर्ब ४० करोड रुपैयाँ) सहयोग गर्ने भएको छ।
अनुदान सहयोगसम्बन्धी सम्झौतामा अर्थसचिव तोयम राया र नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले बिहीबार अर्थ मन्त्रालयमा हस्ताक्षर गरेका छन्।
सन् २०२३ देखि २०२९ सम्म सञ्चालन हुने स्थानीय पूर्वाधारअन्तर्गतका कार्यक्रममा बेलायती सरकारको अनुदान र नेपाल सरकारको गरी २० अर्ब आठ करोड लगानी रहने छ। जसमा नेपाल सरकारको पनि ६ अर्ब ४० करोड रुपैयाँ खर्च हुनेछ।
कार्यक्रमअन्तर्गत सडक, सिँचाइ, खानेपानी, ठोस फोहोरमैला व्यवस्थापनजस्ता काममा यो रकम खर्च गरिने अर्थ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। यो कार्यक्रमले १७ लाख नेपालीलाई दिगो र समावेशी पूर्वाधारको पहुँच दिलाउन सहयोग गर्ने जनाइएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
