राष्ट्रिय फुटबल टिमको सहायक प्रशिक्षकमा प्रवेश कटुवाल नियुक्त

एन्फाले प्रवेश कटुवाललाई राष्ट्रिय फुटबल टिमको सहायक प्रशिक्षक र विनोद डंगोललाई गोलकिपर प्रशिक्षक नियुक्त गरेको छ। 

काठमाडौँ– नेपाली राष्ट्रिय फुटबल टिमको सहायक प्रशिक्षकमा प्रवेश कटुवाल नियुक्त भएका छन्।

बुधबार अखिल नेपाल फुटबल संघ (एन्फा)ले कटुवाललाई सहायक प्रशिक्षक नियुक्त गरेको हो। कटुवाल मछिन्द्र फुटबल क्लबका मुख्य प्रशिक्षकसमेत हुन्।

यसअघि एन्फाले कटुवाललाई नेपाल र पाकिस्तानबीच भएको मैत्रीपूर्ण खेलका लागि कार्यवाहक मुख्य प्रशिक्षक नियुक्त गरेको थियो। 

यस्तै राष्ट्रिय फुटबल टिमको गोलकिपर प्रशिक्षकमा विनोद डंगोल नियुक्त भएका छन्। नेपाली टिमले यसै महिना थ्री नेसन्स फुटबल प्रतियोगिता खेल्दैछ।