विशेष अदालतले यातायात व्यवस्था कार्यालय इटहरी कोशीका तत्कालीन उपसचिव रमेशप्रसाद दाहालसहित ८ कर्मचारीलाई राजस्व हिनामिनामा दोषी ठहर गरेको छ।
काठमाडौँ– विशेष अदालतले यातायात व्यवस्था कार्यालय कोशी, इटहरीका तत्कालीन उपसचिव रमेशप्रसाद दाहालसहित आठ जना कर्मचारीलाई राजस्व हिनामिना मुद्दामा दोषी ठहर गरेको छ।
विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, न्यायाधीशहरू शालिग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासले उनीहरूलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै सजाय निर्धारणका लागि पेस गर्ने आदेश दिएको हो।
यातायात व्यवस्था कार्यालय कोशी, इटहरीले आव २०७१/०७२, २०७२/०७३ र २०७३/०७४ फागुन मसान्तसम्ममा २ अर्ब ३३ करोड ९८ लाख १७ हजार ९६४ रुपैयाँ राजस्व रकम बैंकमा जम्मा गर्नुपर्नेमा १ अर्ब ७२ करोड ७६ लाख ८९ हजार ४०८ रुपैयाँ राजस्व रकम जम्मा गरेका थिए।
जम्मा नभएको ६१ करोड २१ लाख २८ हजार ५५५ रुपैयाँ राजस्व हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७४ असार ४ गते विशेष अदालतमा आठ जनाविरुद्ध आरोप-पत्र दायर गरेको थियो।
अख्तियारले तत्कालीन उपसचिव दाहालविरुद्ध १२ करोड ३० लाख ३२ हजार २०२ रुपैयाँ, उपसचिव विष्णुप्रसाद पौडेलविरुद्ध २३ करोड ७७ लाख ५७ हजार ३५४ रुपैयाँ, उपसचिव नयराज नेपालविरुद्ध २५ करोड १३ लाख ३८ हजार ९९९ रुपैयाँ, लेखा अधिकृत कुमारबहादुर कटवालविरुद्ध २ करोड १४ लाख ७८ हजार ६२३, लेखा अधिकृत टीकाराम अधिकारीविरुद्ध ५७ करोड २५ लाख २७ हजार ५७६, लेखापाल सुरेश अधिकारीविरुद्ध ६१ करोड २१ लाख २८ हजार ५५५ रुपैयाँ, लेखापाल देवराज नेपालविरुद्ध ४५ करोड ६१ लाख ९९ हजार ७४८ र लेखापाल रुद्रप्रसाद दाहालविरुद्ध २१ करोड ६३ लाख ४७ हजार ४५३ रुपैयाँ रकम बिगो मागदाबी गरेको थियो।
अख्तियारले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ७ तथा दफा ३ (१) र ३ (१) बमोजिमको सजाय मागदाबी लिई विशेष अदालतमा आरोप पत्र दायर गरेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
